सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीको कार्यालय उद्घाटन


  •    /६ आश्विन २०७६, सोमबार १३:११ 
  • भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीको कार्यालय सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कार्यालयको महानगर इञ्चार्ज रेनु दाहालले कार्यालयको बोर्ड पढेर उद्घाटन गर्नुभएको हो ।

    भरतपुर महानगरपालिका वडा नं. ४ बैद्धिक नगरस्थित साविक माओवादी पार्टी कार्यालय रहेको स्थानमा महानगर कमिटी कार्यालय स्थापना गरिएको छ ।

    सो अवसरमा बोल्दै दाहालले पार्टी कामलाई चुस्त दुरुस्त बनाउन कार्यालय उद्घाटन गरिएको बताउनुभयो । महानगर प्रमुख समेत रहनु भएका दाहालले पार्टी कमिटी बनेसँग महानगरपालिकाको विकास निर्माणको काममा पनि सहयोग हुने बताउनुभयो ।

    सो अवसमा पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारले पार्टी एकता तल्लो तहसम्म हुँदै गएको बताउँदै पूर्व सहमति अनुसार नै मदन नगरमा पार्टी कार्यालय र बैद्धिक नगरमा महानगर कमिटी र जनवर्गीय संगठनहरुका कार्यालय सञ्चालन गरिने बताउनुभयो ।

    कार्यक्रममा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले सपथग्रहण हुन बाँकी भए पनि पार्टी कामलाई छिटो छरितो र व्यवस्थित रुपमा सञ्चालन गर्न कार्यालय उद्घाटन गरिएको बताउनुभयो ।

    कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.