सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला समन्वय समिति चितवनको निर्वाचन आजः प्रमुखमा रानाभाट र अधिकारीबीच प्रतिस्पर्धा


  •    न्युजभित्तो/३१ जेष्ठ २०७९, मंगलवार १०:४४ 
  • चितवन, जेठ ३१– जिल्ला समन्वय समिति चितवनको प्रमुख पदका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलको तर्फबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा हुने मतदान कार्य विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म चल्ने छ । लगत्तै मतगणना हुनेछ । पाँच दलीय गठबन्धन र एमालेको तर्फबाट मत बराबर रहेकोले पहिलो चरणमा हुने मतदानमा मत बराबर आएमा दोस्रो चरणमा चिठ्ठाबाट प्रमुख चयन हुने सम्भावना देखिन्छ ।

    सात स्थानीय तहका प्रमुख र उपप्रमुखले समन्वय समितिका लागि निर्वाचन गर्ने व्यवस्था रहेको छ । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जितेको छ भने माडी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको छ । इच्छाकामना र कालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

    त्यसैगरी रत्ननगरमा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । खैरहनी नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । यसरी एमाले र पाँच दलीय गठबन्धनको दुवैको मत सात हुन आउँछ । यसरी एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध निर्वाचित हुनु भएको छ । एक मत जसले पाउँछ उसले निर्वाचन जित्ने सम्भावना देखिन्छ ।

    यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा र कांग्रेसका संजीव पौडेलको उम्मेदवारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईले खुला सदस्यमा उम्मेदवारी दिएका छन् ।
    तीन जना महिला सदस्यमा गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा एसकी पूजना गुरुङ र माओवादी केन्द्रकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीले उम्मेदवारी दिएका छन् ।

    एक दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसले केशरी माया सुनार र माओवादी केन्द्रले गुनु विकलाई उम्मेदवार बनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.