वाचक र पण्डित बन्दै देवघाटको रामजानकी बालिका आश्रमका किशोरीहरु
न्युजभित्तो/३० जेष्ठ २०७९, सोमबार ०९:५८
नारायण अधिकारी
चितवन, ३० जेठ । पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ जना किशोरीहरुले आश्रय लिईरहेका छन् । उनीहरुले आश्रय मात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डितहरु बनिरहेका छन् । त्यहाँ रहेका पाँच जना किशोरीहरु अहिले वैद्धिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् ।
केही समय अघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीहरुले वैद्धिक कर्म गरेर शिलन्यासको शुभारम्भ गरिएको थियो । जसको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । बैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद् भागवत ज्ञान महायज्ञ हो । यिनै किशोरीहरुले देशका विभिन्न २० वटा यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी किशोरीहरुले काम गर्दै आएका छन् ।
आश्रममा पाँच वर्षदेखि १९ वर्षसम्मका छोरीहरु छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोक कल्याण सेवा प्रतिष्ठानले भरतपुर महानगरपालिका वडा नं. १ देवघाटमा आश्रम संचालन गरेको छ । आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाईमा त्यहाँ पाँच जना किशोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवि, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।
वेसाहारा बनेका छोरीहरुलाई आश्रममा ल्याएर शिक्षा दिक्षासँगै हुर्काईएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाईदै आएको छ । एक जना किशोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।
टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने किशोरीहरुले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत् पुराण, श्रीमद् देवी भागवत लगायतका धार्मिक ग्रन्थहरु अध्ययन गर्ने गर्दछन् । उनीहरु बिहान र साँझको समयमा भजन कीर्तन, योग पनि गर्ने गर्दछन् । यसका अतिरिक्त दैनिक नित्य कर्महरुमा पनि उनीहरु सहभागी हुन्छन् ।
टण्डनले किशोरीहरु धार्मिक अनुष्ठानहरुमा नेतृत्वदायी सहभागी हुने गरेको बताउनुभयो । उनीहरुले कर्महरु र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणाहरुलाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ । चितवन र छिमेकी जिल्लामा हुने कर्महरुमा किशोरीहरु बोलाउने प्रचलन बढेको उहाँले बताउनुभयो । त्यसो देशैभरीका धार्मिक कार्यक्रमहरुमा उनीहरु पुग्ने गरेका छन् ।
केही समय अघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित किशोरी नै खोजेपछि यहाँबाट काठमाण्डौंको सोल्टी होटलमा गएर यिनै किशोरीहरुले विवाह गराएका थिए । महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको टण्डनले जानकारी दिनुभयो । यस्ता विभिन्न कर्महरु गर्ने काममा किशोरीहरु सक्रिय भएका छन् ।
बि.सं. २०६७ सालमा आश्रम दर्ता भएको हो । सबै किशोरीहरुको आमाको रुपमा रहनुभएकी टण्डनले सडक बालबालिकाहरुबाट कुटाई खाएपछि यो आश्रमको जन्म भएको हो । त्यतिबेला तराईका एक दम्पत्ती पशुपतिमा पूजाका लागि जाँदै गर्दा सडक बालबालिकालाई पैसा दिन खोज्दा सबै पैसा लुटेर लगेका थिए । लुटिएको पैसा फिर्ता गराउने मध्यस्थता गराउनु भएकी टण्डनलाई घर फर्किन लाग्दा तिनै सडक बालबालिकाले कुटपिट गरेका थिए ।
ती बालबालिकालाई सजायँ दिनुभन्दा आश्रम खोलेर सही बाटोमा लैजानु पर्छ भनेर आफूले संस्था दर्ता गरी काम अघि बढाएको टण्डन बताउनुहुन्छ । तीन जना वेसाहारा किशोरीहरुबाट काठमाण्डौंबाट शुरु गरिएको यो अभियान एक वर्षपछि देवघाट ल्याईयो । अहिले यहाँको सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगमा आश्रम चलिरहेको छ ।
संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवन सहित विभिन्न दाताहरुको सहयोगमा पक्की आवासीय भवन बन्दै छ । किशोरीहरुका लागि दैनिक खाना खुवाउन २४८ जनाले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । उनीहरुको रकमबाट आधा खर्च धानिंदै आएको छ । केही रकम भरतपुर महानगरपालिकाले दिंदै आएको छ । मासिक रु. २ लाख हाराहारी खाना लगायतको खर्च हुने गरेको छ ।
आश्रममा सामान्य भोजन गराउनका लागि दैनिक रु.५ हजार १ सय र विशेष भोजनका लागि रु. ८ हजार ५ सय दाताहरुले उपलब्ध गराउँदै आएका छन् । आश्रममा आएपछि परिवारको पुनर्मिलन भएर ४३ जना किशोरीहरु घर फर्किसकेका छन् । साँझ बिहान आश्रम पुग्ने जोकोही पनि ती किशोरी र तिनका कर्म देखेर प्रभावित हुने गरेको खनाल बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहिन भएको प्रमाणित गरेर पठाएका किशोरीहरुलाई आश्रममा राखिंदै आएको छ । रासस