सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिसस चितवनको उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध, प्रमुखमा अधिकारी र रानाभाट


  •    न्युजभित्तो/२९ जेष्ठ २०७९, आईतवार १९:०६ 
  • चितवन, २९ जेठ । जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख, उपप्रमुखसहितका पदमा १६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो ।

    जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र नेकपा (एमाले) बाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।

    यस्तै उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की कल्पना काफ्ले सापकोटाको उम्मेदवारी परेको छ । सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेलको उम्मेद्वारी परेको छ । नेकपा (एमाले) बाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ ।

    त्यसैगरि तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एस) की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेद्वारी परेको छ ।

    एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन् । निर्वाचन तालिका अनुसार भोलि (सोमबार) विहान १०–११ बजे भित्रमा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ ।

    सोमबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ । नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ ।

    मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिनेछन् । गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले) को समान ७ भोट रहेको छ । निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    गठबन्धनले भरतपुर महानगरपालिकाको प्रमुख, उपप्रमुख, राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुख, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको प्रमुख, माडी नगरपालिकाको उपप्रमुख जितेको थियो । नेकपा (एमाले) ले कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुख, माडी नगरपालिकाको प्रमुख, रत्ननगर र खैरहनी नगरपालिकाको उपप्रमुख जितेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.