भरतपुरको आँपटारीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
/६ आश्विन २०७६, सोमबार ०८:०६
चितवन । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारी वन क्षेत्रमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं. १ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।