चितवन,२८ जेष्ठ – जिल्ला समन्वय समिति चितवनको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले १४ मतदाताको नामावली आज (शनिबार) सार्वजनिक गरेका छन् । सार्वजनिक नामावली अनुसार जिसस निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेसँग समान ७-७ मतदाता रहेका छन् ।
बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठबन्धनबाट पालिका प्रमुख र उप-प्रमुख गरी सात जना निर्वाचित भएका थिए । उता एमालेबाट पनि पालिका प्रमुख र उप-प्रमुखमा समान सात जना नै निर्वाचित भएका थिए । उनीहरुले नै जिसस निर्वाचनमा मतदान गर्नेछन् ।
दुबै पक्षसँग समान मतदाता रहेकोले निर्वाचनमा समान मत आउने देखिन्छ । यस्तो भएको खण्डमा जिसस प्रमुखका लागि गोलाप्रथा हुनेछ । मतदानबाटै निर्वाचित हुनका लागि दुई मध्य कुनै एक पक्षका मतदाताको फ्लोरक्रस हुनुपर्नेछ । जसको सम्भावना छैन । फ्लोरक्रसको सम्भावना नरहेको गोलप्रथाबाट नतिजा आउने सभावना उच्च छ ।
जिससको मतदान जेठ ३१ गते हुनेछ । जिसस प्रमुखका लागि नेपाली कांग्रेस चितवनले पूर्ण बहादुर रानाभाटलाई उम्मेदवार बनाइसकेको छ । एमालेले अहिलेसम्म आफ्नो उम्मेदवार टुङ्गाएको छैन ।