सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका निजी विद्यालयलाई भेदभाव गरिएको छैन : मेयर दाहाल


  •    न्युजभित्तो/२८ जेष्ठ २०७९, शनिबार १२:१७ 
  • चितवन,२८ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा रहेका निजी विद्यालयलाई भेदभाव नगरिएको प्रष्ट पारेकी छन् । आज (शुक्रबार) निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) भरतपुरले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

    उनले विगतमा निजी विद्यालयहरुसँग सहकार्य गरेर शैक्षिक गुणस्तर वृद्धिमा लागेको उल्लेख गरिन् । ‘महानगर सबै शक्षिक संस्थाको अभिभावक हो’ उनले भनिन्, ‘सहकार्य र सल्लाह सुझाव लिएर अघि बढ्छौ । विगतमा पनि शिक्षा समितिमा निजी विद्यालयबाट प्रतिनिधित्व गराएका थियौ।’

    मेयर दाहालले भेदभावको कुरा आएपनि त्यस्तो कुनै पनि भेदभाव नभएको जिकिर गरिन् । छात्रवृतिका लागि केन्द्रीय नीति अनुसार निजीलाई दिन नमिल्ने उनको भनाई थियो । भरतपुर महानगरपालिका ९४ वटा निजी विद्यालय छन् । जसमा ६० हजार विद्यार्थीहरु अध्धययन गरिरहेका छन् भने ४ हजार शिक्षक कर्मचारी कार्यरत छन् ।

    प्याबसनको तथ्याङ्क अनुसार नेपालका निजी विद्यालयले एसएलसीमा ८२ प्रतिशत र ग्रेडिङ परीक्षामा ८० प्रतिशत नतिजा ल्याउने गरेको छ । भरतपुरको शैक्षिक गुणास्तरमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको प्याबसन भरतपुरको दाबी छ ।

    भरतपुर प्याबसनले भरतपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न निजी–सरकारी साझेदारी अवधारणा अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिएको छ । कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर प्याबसनका अध्यक्ष लेखराज खनाल, प्याबसनका केन्द्रीय सदस्य मोहन लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.