सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संस्थागत र सामुदायिक विद्यालय माथिको विभेद अन्त्य हुनुपर्छ : उप-प्रमुख अधिकारी


  •    न्युजभित्तो/२८ जेष्ठ २०७९, शनिबार ११:०१ 
  • भरतपुर,२८ जेष्ठ – भरतपुर महानगरपालिका उप-प्रमुख चित्रसेन अधिकारीले संस्थागत र सामुदायिक विद्यालय माथिको विभेद अन्त्य हुनुपर्ने बताएका छन् । संस्थागत र सामुदायिक विद्यालयमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका तत्काल यसको अन्त्य अन्त्य हुन पर्नेमा उप-प्रमुख अधिकारीले जोड दिएका हुन् ।

    भरतपुर महानगर प्याब्सनले आज (शुक्रबार) आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले संस्थागत र सामुदायिक विद्यालयमा हुने गरेका विभेद अन्त्य गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले देश आत्मनिर्भर बन्न गुणस्तरिय शिक्षाको आवश्यकता रहेको पनि औंल्याए ।

    ‘शिक्षा बिना देशको भविष्य अन्धकार छ, अधिकारीले भने,’एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई सुधार्न पनि शिक्षा आवश्यक छ ।’ मानव जीवनसँग शिक्षाको सम्बन्ध जोडिएको भन्दै जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य हुने उनको भनाइ थियो ।

    कार्यक्रममा प्याब्सन भरतपुरका अध्यक्ष लेखनाथ खनाल, सल्लाहकार श्रीप्रसाद ढुङगना, प्याब्सनका केन्द्रिय सदस्य मोहन लामा, संस्थागत विद्यालय अर्गनाइजेसन संघ भरतपुरका अध्यक्ष भोजराज न्यौपाने, संस्थागत विद्यालय शिक्षक यूनियन चितवनका अध्यक्ष जनकराज घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.