चितवनमा एकै दिन दुई ठाउँमा बाघको आक्रमण, दुई घाईते
न्युजभित्तो/२७ जेष्ठ २०७९, शुक्रबार १७:३८
चितवन, २७ जेठ । जिल्लामा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ । ती घटनामा दुई जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः२० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको छ । भरतपुर २४ का ४३ वर्षिय राजेश वाईवा बाघले आक्रमण गरेको हो ।
६० वर्षिय कृष्णबहादुर लामासँगै राप्ती नदी हेर्न गएको समयमा वाईवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाईते वाईवाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको छाती र कुममा चोट लागेको छ ।
आजै बिहान पूर्वी चितवनको राप्तीमा खेतमा तरकारी टिप्न गएका अर्का एक जनालाई बाघले आक्रमण गरेको थियो । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । राप्तीमा आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ ।

तस्वीर : घाईते वाईवा