सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संक्रमण फैलिँदै स्क्रब टाइफसको, मृत्युदर भने घट्दै


  •    /५ आश्विन २०७६, आईतवार २०:४१ 
  • विष्णु नेपाल

    काठमाण्डौं । तपाइँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ रु अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ ।

    पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा रोग देखापरेको छ । सन् २०१९ को आठ महीनाको अवधिमा ५५५ जनामा रोगको सङ्क्रमण भएको र तीन जनाको अकालमा मृत्यु हुन पुगेको छ ।

    अघिल्ला तीन वर्षमा सोही रोगका कारण १६ जनाले अकालमा ज्यान गुमाएका थिए । जेठ महीनाको अन्तिमदेखि कात्तिक महीनाभर रोगको उच्च जोखिम मानिन्छ । सन् २०१६ मा ४८ र सन् २०१८ मा ५६ जिल्लामा यो रोग देखापरेको थियो ।

    महाशाखाका अनुसार सन् २०१७ मा ६७० सङ्क्रमित भई नौ, सन् २०१८ मा एक हजार ९८ मा सङ्क्रमित भई चार जनाको मृत्यु भएको थियो । सन् २०१९ को हालसम्म रोगको सबैभन्दा बढी सङ्क्रमण प्रदेश नं ५ का जिल्लामा २२४ जनामा देखापरेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखापरेको महाशाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

    प्रदेश नं १ का इलाम, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, धनकुटा, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, प्रदेश नं ३ का सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन र गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी पूर्वमा सो रोग देखापरेको महाशाखाले जनाएको छ ।

    यसैगरी प्रदेश नं ५ का गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमपूर्व, दाङ, बाँके, बर्दिया, नवलपुर र कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट, कालिकोट, रुकुम पश्चिम, सुदूरपश्चिमाञ्चल प्रदेशका बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडीमा पनि रोग देखापरेको छ ।

    स्क्रब टाइफस के हो ?

    एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले सङ्क्रमित सुक्ष्म कीरा ९माइट०को टोकाइबाट लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ । महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालका अनुसार बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा सो प्रजातिका जीवाणु पाइन्छ ।

    सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको सङ्क्रमण बढेको महाशाखाले जनाएको छ । “मृत्युदर घट्दै गएको छ तर सङ्क्रमित बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

    रोगको परीक्षण गर्न महाशाखाले स्थानीय तथा प्रदेश तहमा १० हजारको हाराहारीमा कीट उपलब्ध गराएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोला विशेषगरी मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने जानकारी दिनहुन्छ ।

    सङ्क्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, बढी मात्रमा टाउको दुख्नु, शरीरबाट चिटचिट पसिना आउनु, शरीरका भागहरूमा स–साना रातो बिमिरा देखिनु, हल्का आँखा रातो हुनुजस्ता लक्षण देखा पर्छ । सामान्यतया सङ्क्रामक परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ ।

    रोगको समयमा उपचार हुन नसकेमा शरीरका फोक्सो, कलेजो मस्तिष्कलगायतका अङ्गले काम गर्न छाड्ने चिकित्सकले जानकारी दिएका छन् । “रोगको जीवाणु शरीरमा फैलिन पुग्यो भने शरीरका अङ्गले काम गर्न छाड्छ ९डिसअर्डर हुन्छ०”, उहाँले भन्नुभयो ।

    कसरी बच्ने ?

    मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चौरमा सुत्नु हुँदैन । रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ ।

    यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ । रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ । महाशाखाले सबै जिल्लामा रोग पहिचान गर्न कीटको व्यवस्था गरेको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.