सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाको कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित


  •    न्युजभित्तो/२४ जेष्ठ २०७९, मंगलवार १६:१९ 
  • चितवन, जेठ २४– भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा गठबन्धनका सबै उम्मेद्वारहरु निर्वाचित भएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आज (मंगलबार) भएको निर्वाचनमा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका ८ जना नै निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी –९२) मत प्राप्त गरेका छन् ।

    नेकपा (एमाले)का भुवन बहादुर नेपालीले ५५ मत ल्याए भने अन्तिममा उम्मेद्वारी फिर्ता लिएका नेकपा (माओवादी केन्द्र)का खेमबहादुर दर्जीले २ मत प्राप्त गरे । महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसकी नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)की बिना नेपाली (८६) निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिए ।

    यस्तै महिला सदस्यतर्फ एमालेबाट उम्मेद्वारी दिएका वेल पत्र श्रेष्ठ (५६), सिता कुमारी दराई (५६), डिलकुमारी विश्वकर्मा (५४), बिमकुमारी विक (५७) र राप्रपाकी सुविता श्रेष्ठ (५०) मत प्राप्त गरे । एमाले–राप्रपा गठबन्धनबाट ३ जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ सदस्यमा पाँच नै उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.