भरतपुर । मध्यरातमा पैदलयात्रुलाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट शनिबार राती १२ः३० बजेको समयमा पैदलयात्रीको मृत्यु भएको हो ।
काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना ४ ख २६०७ नं.को बसले अन्दाजी २७/२८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
घटनामा परी गम्भीर घाईते उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।