सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व वातावरण दिवसको अवसरमा संरक्षण सम्बन्धी अन्तरक्रिया


  •    न्युजभित्तो/२२ जेष्ठ २०७९, आईतवार २०:५७ 
  • माडी (चितवन), २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा २०७९ को अवसरमा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया एवम् माडी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत कार्यक्रम आज आइतबार माडीको शिवद्वार होमस्टेमा सम्पन्न भयाे ।

    अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले हामीले हाम्रा मौलिक सँस्कृति र संस्कारअनुसारका कार्यहरुमा ध्यान नदिँदा वातावरणमा प्रतिकूल प्रभाव परेको जानकारी दिनुभयो । अहिले विकासका नाउँमा प्रकृतिको विनास भईरहेकोले वातावरण संरक्षणमा कठिनाई उत्पन्न भएको जनाउँदै मेयर महतोले प्रकृतिनै हाम्रो सम्पत्ति भएकोले यसको संरक्षणमा सवैको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो।


    कार्यक्रममा माडी नगरपालिका उपमेयर खेम महतोले राष्ट्रिय निकुञ्ज र माडी नगरपालिकाको समन्वयमा संरक्षणका कार्यहरु अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै माडीको विकासमा चितवन राष्ट्रिय निकुञ्ज व्यवहारिक बन्नुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्रकृतिमैत्री वातावरण,प्रकृतिमैत्री विकास नै वर्तमानको आवश्यकता रहेको बताउँदै माडीको दिगो विकासमा चितवन राष्ट्रिय निकुञ्जले निरन्तर सहयोग गर्ने जानकारी दिनुभयो।

    हामीले नै प्रकृतिको दोहन गरेकै कारण वातावरणमा समस्या उत्पन्न भएको जनाउँदै प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्रकृति र वातावरण संरक्षणको लागि हाम्रा क्रियाकलापहरु सच्चिनुपर्ने आवश्यकता औंल्याउँनुभयो । माडी नगरपालिकालाई वातावरण मैत्री बनाउँनको लागि प्लाष्टिक जन्य सामाग्री आयातमा रोक लगाउनुपर्ने, फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका सुझावहरु सहभागीहरुले दिएका थिए।

    मध्यवर्ती उपभोक्ता समिति माडी सेक्टरका प्रमुख नारायणदत्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरिएको थियो भने कार्यक्रमको सञ्चालन अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले गर्नुभएको थियो ।

    कार्यक्रममा माडी नगरपालिका, राष्ट्रिय निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न विद्यालयका प्रतिनिधिहरु, उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.