भरतपुरमा कार्यपालिका सदस्यका लागि कांग्रेसले टुङ्गायो उम्मेदवार
न्युजभित्तो/२२ जेष्ठ २०७९, आईतवार १२:११
भरतपुर,२२ जेष्ठ – भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले पार्टीको तर्फबाट कार्यपालिका सदस्यको उम्मेदवारहरुको टुंगो लगाएको छ ।
जेठ २४ गते हुने कार्यपालिकाको निर्वाचनका लागि कांग्रेस चितवनले सदस्यहरुको टुंगो लगाएको हो । जस अनुसार अल्पसंख्यक खुल्लाबाट गोपाल दराई रहेका छन ।
निर्वाचित महिला सदस्यबाट ४ जनाको नाम सिफारिस गरिएको छ । जस अनुसार भरतपुर २८ कि नर्मदा सापकोटा, भरतपुर १५ कि सिर्जना अधिकारी, भरतपुर ६ बाट शारदा पोख्रेल र भरतपुर ३ बाट सुकमाया परिवार रहेका छन् ।
नेपाली कांग्रेस चितवनले जिल्ला समन्वय समिति संयोजकमा पूर्ण बहादुर रानाभाटको नाम शनिबार नै बागमती प्रदेश समितिमा पठाईसकेको छ । प्रदेश समितिले केही दिनमा रानाभाटको नाम प्रमाणित गरेर जिल्लालाई पठाउने कांग्रेस चितवनका उप-सभापति राजिव न्यौपानेले जानकारी दिए ।
रानाभाट गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ भरतपुर ८ को वडा सदस्यमा निर्वाचित भएका थिए । गौरीगञ्ज निवासी उनले दुई हजार १२८ मत प्राप्त गरेका थिए ।
कांग्रेस चितवनका पुराना नेता रानाभाट २०४९ सालको स्थानीय तह निर्वाचनमा साबिक भरतपुर नगरपालिका ८ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।