सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पटिहानीमा निर्मित सुरक्षित आवास कार्यक्रमका घर हस्तान्तरण


  •    /४ आश्विन २०७६, शनिबार २०:४१ 
  • चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २२ पटिहनीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घर आज हस्तान्तरण गरिएको छ ।

    सघन शहरी विकास कार्यालय भरतपुर र भरतपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएका घरहरु घरधनीलाई हस्तान्तरण गरिएको हो ।

    महानगरपालिकाका प्रमुख रेनु दाहालले निर्माण सम्पन्न घरमा रिबन काटेर घर धनीसँगै गृह प्रवेश गरेर घर हस्तान्तरण गर्नुभएको हो । सघन शहरी विकास कार्यालयले भवन निर्माणका लागि रु ५० हजार सहयोग गरेको थियो । सो रकमबाहेक घर धनीले रकम थप गरी घर निर्माण गरेका हुन् ।

    सो क्षेत्रमा २२ वटा घर निर्माण गरिँदै छ । निर्माण सम्पन्न भएका घर हस्तान्तरण आजबाट शुरु भएको हो । घर सम्पन्न भएसँगै घर धनीले प्रयोग गर्न पाउने गरी हस्तान्तरण प्रक्रिया शुरु गरिएको हो । सो कार्यक्रमअन्तर्गत घरमा रहेको खर हटाएर सुरक्षित घर निर्माण गर्ने उद्देश्य रहेको भए पनि घरधनीले रकम थप गरी ब्लकको गाह्रो लगाएर तीनवटा कोठा निर्माण गरेका छन् । सो क्षेत्र वन्यजन्तुको जोखिममा रहेको क्षेत्र हो ।

    घर प्रवेशसँगै महानगरप्रमुख दाहालले महानगरभित्र खरको छानो हटाउने अभियानअन्तर्गत यो कार्यक्रम शुरु भएको भन्दै आउँदा वर्षहरुमा यस कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । कार्यक्रम वडाध्यक्ष विष्णुराज महतोको सभापतित्वमा भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.