सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रमण वर्षसँगै पटिहानीको ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने


  •    /४ आश्विन २०७६, शनिबार २०:२२ 
  • नारायण अधिकारी

    चितवन । भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण गरिएको हो ।

    सो स्थानमा छातामुनि बसेर विभिन्न स्थानीय परिकारमा पर्यटक रमाउन पाउने छन् । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार मुख्य एउटा र सहायक दुई वटा पानीका फोहोरा ९फाउन्टेन० जडान गर्न बाँकी रहेको छ ।

    यसैगरी छाता र त्यसमाथि रहने फाइबरको छानाका लागि बोलपत्र आह्वान भइसकेको छ । ती कामबाहेक अन्य काम अन्तिम अवस्थामा पुगेको उहाँले बताउनुभयो । सो ठाउँको राप्तीतर्फ ३५ मिटर लम्बाइ र १८ मिटर चौडाइका तलमाथि गरी दुई वटा खण्ड रहेका छन् । त्यसको भुँइमा पोख्रेली ढुङ्गा छापिएको छ ।

    सोही ठाउँमा राखिने कुर्चीमा बसेर पर्यटकले निकुञ्जको दृश्यावलोकनमा रमाउँदै एकसिङ्गे गैँडासहितका दुलर्भ वन्यजन्तु हेर्न सक्नेछन् । यससँगै बाटोसँग जोडिएको ९० मिटर लामो र १२ मिटर चौडाइ रहेको ठाउँमा कङ्क्रिट टायल बिछ्याइएको छ । सो ठाउँमा ३४० वटा छाता र त्यसमुनि कुर्ची टेबुल रहनेछन् । त्यसमाथि फाइबरको छाना रहनेछ ।

    महतोका अनुसार ९० मिटर लामो भागमा चार स्थानमा टापु बनाइएको छ भने बीच भागबाट १६ वटा फलामका बिजुलीका पोल गाडिएको छ । त्यस माथिको खुला तारको सट्टामा प्लाष्टिक बेरिएको तार राखिएको छ । प्रवेशद्वारमा चौकीदार कक्ष, टिकट कक्ष, शौचालय निर्माण गरिएको छ ।

    सोही स्थानमा १० वटा फ्रेममा थारुका संस्कृति झल्कने वस्तु राखिएका छन् । काम सम्पन्न गर्न रु चार करोड ५० लाख खर्च हुने अनुमान गरिएको महतोले बताउनुभयो । सो कामका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु एक करोड निकासा गरिसकेको छ । थप रकमको आश्वासनसमेत रहेको भन्दै उहाँले अपुग रकम महानगरपालिका र वडा कार्यालयले जुटाउने बताउनुभयो ।

    यही डिसेम्बरसम्ममा काम सम्पन्न गरी स्ट्रिट सञ्चालनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । सो क्षेत्र गत वर्ष सरकारले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यमध्येको एक हो ।

    क्षेत्रीय होटल सङ्घ पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलका अनुसार निकुञ्जको मुख्यालय नजिकै रहेको पटिहानी क्षेत्रमा ठूला होटलको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रलाई चिनिँदै आएको छ । यस क्षेत्रमा ५० वटाभन्दा बढी साना ठूला होटल, रिसोर्ट सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

    विशेष गरी यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुका साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्नसक्ने उहाँले बताउनुभयो । यसै क्षेत्रमा थारु समुदायको बस्ती रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.