सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रवासी नेपाली मञ्च बुसान दक्षिण कोरियामा राईको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति


  •    न्युजभित्तो/१७ जेष्ठ २०७९, मंगलवार १०:१७ 
  • दक्षिण कोरिया, १७ जेठ । प्रवासी नेपाली मञ्च (ओएनएफ) बुसान दक्षिण कोरियाको छैटौं अधिवेशनले तगेन्द्र राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ । “समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान, प्रवासबाट लगानी प्रवासबाटै मतदान” भन्ने मूलनाराका साथ अधिवेशन सम्पन्न भएको हो ।

    समितिको उपाध्यक्षमा रमेश श्रेष्ठ र दिप थापा मगर, सचिव शिव विश्वकर्मा, उप सचिव पुजन राई र सदस्यहरुमा शिव शाही, सुरज गौडेल, दिनेश शर्मा, सुमन अथधिकारी, नेत्र वाइवा, तेजु गुरुङ, विक्रम गुरुङ, आशिष गुरुङ, राम पौडेल र राजु तिवारी रहनु भएको छ ।

    अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अथिति प्रवासी नेपाली मञ्च दक्षिण कोरीयाका अध्यक्ष सृजना नेपालीले समृद्ध नेपाल निर्माणमा प्रवासीहरुको योगदान महत्वपूर्ण रहने बताउँदै विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउनु पर्ने बताउनुभयो ।

    सो अवसरमा एनआरएनए दक्षिण कोरीयाका वरिष्ठ उपाध्यक्ष सञ्जिव कुमार राई, एनसिसि बुसानका अध्यक्ष संगीत अधिकारी, जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष ईश्वर कठायत, स्याङजा परिवार बुसानका अध्यक्ष कमल अर्याल लगायत बुसान किम्हे क्षेत्रमा सक्रिय रहेका विभिन्न जातीयय क्षेत्रीय संघ संस्थाका प्रतिनिधि, सामाजिक क्षेत्रका अगुवाहरुले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाको अध्यक्ष सन्तोष वरालको अध्यक्षतामा भएको थियो ।

    बन्त्र सत्रमा संगठनका अध्यक्ष बरालले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ । सचिव तगेन्द्र राईले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रमेश श्रेष्ठले स्वागत गर्नुभएको थियो । नव निर्वाचित अध्यक्ष तगेन्द्र राईले आफुले संगठनको नेतृत्व गरेपछि गर्ने कार्यहरुको योजनाहरु सहित प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    संगठनले विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्दै नेपालमा सामाजिक र आर्थिक क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    • आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.