सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित दुई पक्राउ


  •    /४ आश्विन २०७६, शनिबार ०९:३१ 
  • परासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा मृतककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका पुरुष घटनामा सङ्लग्न रहे नरहेको अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनको नाम भने गोप्य राखेको छ । पक्राउ परेकी सरस्वतीले आफूसहित ती पुरुष मिलेर श्रीमान्को हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । हत्यामा सलग्न पुरुषसँग उनको सम्बन्ध रहेको खुल्न आएको र उक्त सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

    हत्यामा संलग्न रहेका उनीहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ आदेशसमेत प्राप्त भएकाले उनीहरुविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । शव भेटिएको स्थान जिल्ला प्रहरी कार्यालयबाट १०० मिटर पश्चिममा पर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.