सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाका ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो


  •    /८ बैशाख २०७६, आईतवार २०:३४ 
  • काठमाण्डौं :

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको हो । तर बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को अध्यक्ष को सचिव चयन भए भन्ने जानकारी दिइएन ।

    सचिवालय सदस्यहरुले सूची मागेका थिए । तर सिफारिसअनुसार भयो भन्दै दुवै अध्यक्षले सूची भने नदिएको एक सदस्यले बताए । भोलि सोमबार नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको दिन हुने विशेष कार्यक्रममै सूची सार्वजनिक गरिने भएको छ ।

    पार्टी एकताको झण्डै एक वर्षपछि ७७ जिल्ला नेतृत्व चयन भएको हो । नेतृत्व चयन भए पनि सार्वजनिक नहुँदा सचिवालय सदस्यहरुले नै असन्तुष्टी व्यक्त गरेका छन् ।

    यो निर्यायसँगै पार्टीका जनवर्गीय संगठन पनि टुंगो लाग्ने भएको छ । यसले तल्लो तहसम्म नेकपाको नेतृत्व पाउने छ ।

    बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ । जसमा केन्द्रीय सदस्यको एकतिहाई रहनेछ ।

    बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बसेको थियो ।

    बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

    बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।
    लामो प्रतिक्षापछि भएको यो निर्णयले नेकपाका कार्यकर्ता भने उत्साहित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.