सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाका ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो


  •    /८ बैशाख २०७६, आईतवार २०:३४ 
  • काठमाण्डौं :

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको हो । तर बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को अध्यक्ष को सचिव चयन भए भन्ने जानकारी दिइएन ।

    सचिवालय सदस्यहरुले सूची मागेका थिए । तर सिफारिसअनुसार भयो भन्दै दुवै अध्यक्षले सूची भने नदिएको एक सदस्यले बताए । भोलि सोमबार नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको दिन हुने विशेष कार्यक्रममै सूची सार्वजनिक गरिने भएको छ ।

    पार्टी एकताको झण्डै एक वर्षपछि ७७ जिल्ला नेतृत्व चयन भएको हो । नेतृत्व चयन भए पनि सार्वजनिक नहुँदा सचिवालय सदस्यहरुले नै असन्तुष्टी व्यक्त गरेका छन् ।

    यो निर्यायसँगै पार्टीका जनवर्गीय संगठन पनि टुंगो लाग्ने भएको छ । यसले तल्लो तहसम्म नेकपाको नेतृत्व पाउने छ ।

    बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ । जसमा केन्द्रीय सदस्यको एकतिहाई रहनेछ ।

    बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बसेको थियो ।

    बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

    बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।
    लामो प्रतिक्षापछि भएको यो निर्णयले नेकपाका कार्यकर्ता भने उत्साहित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.