१३ करोड लगानीमा भण्डारामा शीत भण्डार बन्ने, मन्त्री लामाले गर्नुभयो शिलन्यास
/३१ भाद्र २०७६, मंगलवार १५:५०
भण्डारा (चितवन) । जिल्लाको खैरहनी नगरपालिका वडा नं. ९ सुर्तनीमा शीत भण्डार निर्माण गरिने भएको छ । प्रदेश नं. ३ सरकार, खैरहनी नगरपालिका र नगरभित्र रहेका सहकारीहरुको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो ।
मंगलवार एक कार्यक्रमकाबीच प्रदेश नं. ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शीत भण्डारको शिलान्यास गर्नुभयो । प्रदेशको प्रत्येक जिल्लामा शीत भण्डार गर्ने योजना अनुसार चितवनको खैरहनीमा निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री लामाले कृषिलाई व्यवसायिकरण गराउन शीत भण्डार कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । शीत भण्डारमा कृषि उपज राखे वापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले नै पाउने मन्त्री लामाले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री लामाले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभयो ।
कूल लागतमा प्रदेश सरकारको ७० प्रतिशत र खैरहनी नगरपालिका तथा नगरभित्र रहेका सहकारीहरुको ३० प्रतिशत लगानीमा शीत भण्डार निर्माण हुने खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले जानकारी दिनुभयो । १३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको शीत भण्डारको निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
निर्माणका लागि इजी इन्फा प्रालिले ठेक्का पाएको छ । शीत भण्डारका लागि चालु आर्थिक वर्षमा खैरहनी नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । पूर्वी चितवनको चार वटा नगरपालिकालाई लक्षित गर्दै खैरहनीमा शीत भण्डार निर्माण गर्न लागिएको खैरहनीका प्रमुख चौधरीले बताउनुभयो ।
पूर्वी चितवनमा व्यवसायिक कृषि फस्टाउँदै जाँदा शीतभण्डारले कृषकहरुलाई बजारीकरणमा सहज हुने अपेक्षा गरिएको छ ।