कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकामा बालअधिकार सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । बाल्बालिकाले भोग्दै आएको समस्या र आगामी दिनमा गर्नुपर्ने कामको विषयमा सरोकारवालाहरुसँग छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।
बाल दिवसको अवसरमा कालिका नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा नगर स्तरीय बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरुले पहाडी क्षेत्रका बालबालिका लक्षित कार्यक्रम ल्याउन नगरपालिकालाई सुझाब दिएका छन् । भौगोलिक विकटताका कारण विद्यालय टाडा भएर बीचमै पढाई छाड्नु पर्ने बाध्यकारी अवस्था रहेको भन्दै विद्यार्थीहरुले पहाडी क्षेत्रमा छात्रावास निर्माण गर्न र माध्यमिक विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख कमला भट्टराईले पहाडी क्षेत्रमा बसोवास गर्ने चेपाङ बालबालिकाका लागि छात्रावास बनाउने योजना अघि बढिसकेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले ग्रामीण क्षेत्रका बालबालिकालाई सहज रुपमा शिक्षा प्रदान गर्न नगरपालिकाले कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले बालअधिकार र बालविवाह अन्त्यको लागि जनचेतना फैलाउन गर्नुपर्ने कामका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरस्तरीय बाल सञ्जाल, वडा स्तरीय क्लव, शिक्षक, नगरपालिकाका विभागीय कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर शिक्षा अधिकारी नारायण वाग्लेले बालअधिकारको अवस्था, अधिकारका लागि भएका प्रयासहरुको बारेमा सहजीकरण तथा बालबालिका र जनप्रतिनिधिहरु बीच बालअधिकारका विषयमा सवाल जवाफ गरिएको थियो ।