सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री इमरान खान


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार ०८:०० 
  • पाकिस्तान, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। गएराति पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्। पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन्।

    विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्वास प्रस्तावको पक्षमा १७४ मत परेको छ। यो प्रस्ताव पारित गर्न १७२ मत आवश्यक थियो। पाकिस्तानी सभामुख असद क्वेसरले राजीनामा गरेपछि सांसद अयाज सदिकले संसद्को अध्यक्षताका ग्रहण गरेका थिए। पास्कितानी सर्वोच्च अदालतले राति १२ बजेभित्र अविश्वास प्रस्तावमाथि मत विभाजन गर्न आदेश दिएको थियो।

    खानको पार्टीका सभामुख क्वेसरले राति १२ बज्नुभन्दा १५ मिनेट अघि राजीनामा दिएका थिए। त्यसअघि उपसभामुखले पनि राजीनामा दिएका थिए। सांसद सदिकले संसद् चलाएका थिए। राति १२ बजेपछि भएको मतदानमा अविश्वास प्रस्तावका पक्षमा १७४ मत परेको हो। अन्य सांसदले मतदानमा भाग लिएनन्। यो प्रस्ताव पारित भएसँगै खान प्रधानमन्त्रीबाट हटेका छन्।

    पाकिस्तानमा यसअघि दुई पटक अविश्वास प्रस्ताव आएको थियो। सन् २००६ मा सौकत अजिज र सन् १९८९ मा बेनिजिर भुट्टोविरुद्ध दर्ता अविश्वास प्रस्ताव पारित हुन सकेको थिएन। प्रधानमन्त्री खानको बहिर्गमनसँगै आज पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु हुने भएको छ। संसदको नेतृत्व गरिरहेका प्यानल अध्यक्ष सदिकले आज दिउसो २ बजे प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समय दिएका छन्।

    त्यसपछि सोमबार बिहान ११ बजे संसद् बैठक बस्नेछ। त्यसमा प्रधानमन्त्रीका लागि मतदान हुनेछ। विपक्षी पार्टीहरुका तर्फबाट शेहबाज सरिफ प्रधानमन्त्रीका उम्मेदवार बन्ने भएका छन्। उनले गएराति संसद्मा बोल्दै सबै विपक्षीलाई धन्यवाद दिएका छन्। कुनै पनि व्यक्तिप्रति राजनीतिक प्रतिसोध नलिइने बताएका छन्।

    चार वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले १३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दलले समर्थन फिर्ता लिएका थिए। अहिले उनको पक्षमा चार वटा साना सहितको गरी १३३ सांसद छन्। पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) गरी नौ वटा पार्टी विपक्षमा छन्। पाकिस्तानको संसद् ३४२ सदस्यीय छ। सरकार गठनका लागि १७२ सांसद आवश्यक पर्छ। (एजेन्सी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    • आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.