सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको फिस्लिङमा प्रहरी पोष्ट स्थापना


  •    /३० भाद्र २०७६, सोमबार १४:३९ 
  • मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी चौकीका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको र लामो समयको प्रयासपछि अस्थायी भए पनि प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताउनुभयो ।
    प्रहरी उपरीक्षक दानबहादुर मल्लले अन्तै बस्न लागेको प्रहरी जनशक्ति यहाँ बढी आवश्यक भएर उपलब्ध गराइएको बताउनुभयो । उपरीक्षक मल्लले यहाँ भीडभाड र दुर्घटना बढी हुने गर्दा इलाका प्रहरी कार्यालय मुग्लिनबाट नागरिकलाई सेवा दिन कठिनाइ भइरहेको र स्थानीय मागबमोजिम नै प्रहरी पोष्ट स्थापना गरिएको उल्लेख गर्नुभयो ।

    अहिले स्थानीय सगरमाथा युवा क्लबको भवनमा अस्थायी प्रहरी पोष्ट सञ्चालन गरिएको छ । यस प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरीले आइतबारदेखि नै सेवा शुरु गरेका छन् । प्रहरी पोष्ट स्थापना भएपछि स्थानीय खुशी भएका छन् । सगरमाथा क्लब फिस्लिङका प्रतिनिधि कमल ठकुरीले लामो समयको प्रयासपछि यहाँका स्थानीयको माग पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.