चितवन, २४ चैत । बि.सं. २०१० ताका चितवन घना जंगल र झाडी थियो । मानव वस्ती न्यून रहेको त्यस समयमा अधिक गर्मी र लामखुट्टे, विषालु सर्प, बाघ, भालु, हात्ती गैंडा जस्ता जंगली जनावरको डर त्यति नै थियो । बि.सं. २००९ सालमा औलो उन्मुलन अभियान सञ्चालन भयो । बि.सं. २०१२ सालमा राप्ती दुन उपत्यका विकास समिति बनाएर यहाँ मानव वस्तीको विकासको थालनी भयो । मानव वस्तीको विकाससँगै स्वास्थ्य उपचारको खोजी भयो । बि.सं. २०१४ सालमा डिस्पेन्सरीका रुपमा हालको भरतपुर अस्पताल भएको ठाउँमा स्वास्थ्य संस्था स्थापना गरियो । काठको ठहराबाट यो सेवा शुरु भएको हो । नेपाल र अमेरिकाको संयुक्त लगानीमा बि.सं. २०१४ सालमा उक्त ठाउँमा भवन स्थापना गर्ने काम भयो । बि.सं. २०१६ सालबाट १५ शैयाको अस्पताल शुरु भयो ।
यसरी शुरु भएको यहाँका स्वास्थ्य क्षेत्रले ६ दशकभन्दा बढी समय बिताउँदै गर्दा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति सहितको पर्याप्त स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउन सफल भएका छन् । तराईको मध्य भाग, बाक्लो जनघनत्व भएको मध्य तथा पश्चिम नेपालको पहाडी भागसँग निकट रहेर नेपाल कै केन्द्र भागमा रहेको भरतपुर मुलुकका सबैजसो भागसँग यातायातले जोडिएको छ । यस हिसाबले पनि यहाँको स्वास्थ्य क्षेत्रको सेवा धेरै नेपालीले उपभोग गर्ने अवसर पाएका छन् ।
जिल्लामा भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, बघौडा अस्पताल लगायतका सरकारी, सामाजिक संघ संस्थाले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल र निजी क्षेत्रका चितवन मेडिकल कलेज शिक्षण अस्पताल र कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल गरी दुई वडा मेडिकल कलेज रहेका छन् । यसका अतिरिक्त यहाँ साना ठूला गरी दुई दर्जन निजी अस्पतालहरु रहेका छन् भने सरकारी स्तरका हेल्थपोल्टहर गाउँगाउँमा रहेका छन् । विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र पर्याप्त प्रयोगशाला तथा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) भएका कारण यहाँ सबै किसिमको रोगको उपचार तथा परीक्षण गरिंदै आएको छ ।
भरतपुर अस्पताल
संघीय स्तरको भरतपुर अस्पतालमा चितवन सहित छिमेकी १९ जिल्लाका बिरामीले सेवा लिंदै आएका छन् । काठमाण्डौंको प्रसुतीगृहपछि सबैभन्दा धेरै प्रसुती सेवा यही अस्पतालले दिंदै आएको छ । अस्पतालबाट वार्षिक सात हजारभन्दा बढीले यो सेवा लिने गरेका छन् । ६ सय शैयाको यस अस्पतालमा १४ वटा विभाग रहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेडिसिन, हाडजोर्नी, बालरोग, आईसियू, पोष्टअपरेटिभ, न्यूरोसर्जरी, स्पाईनल ईन्जुरी, कोभिड १९, स्त्री तथा प्रसुती, जनरल सर्जरी, आकस्मिक÷अब्जर्भेसन, एनआईसियू, नाक–कान–घाटी, मानसिक रोग, आँखा रोग विभाग रहेका छन् । सुपरस्पेसलिष्ट न्यूरो, मृगौला, आँखा सहितका विभागहरु अस्पतालमा रहेका छन् ।
अस्पताल विकास समिति र नेपाल सरकारबाट ६३० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा कार्यरत छन् । अस्पतालमा वार्षिक २ लाख ५० हजार हाराहारी बिरामीले सेवा लिने गरेका छन् । अस्पतालमा दैनिक एक हजार पाँच सय हाराहारी बिरामीले बहिरंग सेवा लिने गरेका छन् ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल
यहाँको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल दक्षिण एशियामा नै नमूना मानिएको छ । ७५ विघा, १० कठ्ठा, दुई दुध जग्गामा बनेको यस अस्पतालमा नेपालभरि र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । यस अस्पतालमा नेपालको ६० प्रतिशत क्यान्सरका बिरामीले उपचार गर्दै आएका छन् । हड्डीको मासी ट्रान्सप्लान्ट र रक्तक्यान्सरको रगत ट्रान्सप्लान्ट बाहेकका सबै खाले क्यान्सरको यहाँ उपचार हुँदै आएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पेटस्क्यान बाहेकका क्यान्सर उपचारमा प्रयोग हुने सबै उपकरण र आधुनिक प्रयोगशाला अस्पतालमा रहेको छ ।
अस्पतालको सन् २०१८ को तथ्यांक अनुसार उक्त वर्ष १ लाख ३७ हजार ८६२ बिरामीले अस्पतालबाट सेवा लिएका छन् । त्यस मध्ये ५ हजार ७८९ जनाले अन्तरंग सेवा लिएका छन् । पाँच सय शैयाको अस्पतालमा वार्षिक ६ हजार हाराहारी नयाँ क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालले पोखरा विश्वविद्यालयबाट स्वीकृत लिएर तीन वर्षे बिएससी इन अन्कोलोजी कार्यक्रम सञ्चालन गर्दै आएको छ । अंकोलोजिमा स्नातकोत्तर तह र विद्यावारिधि तहका लागि रेजिडेन्स गराउने योजना अस्पतालको रहेको कार्यकारी निर्देशक गौतमको भनाई छ ।
भरतपुर आँखा अस्पताल
भरतपुर आँखा अस्पतालले जिल्ला मात्रै होइन, यस वरपरका छिमेकी जिल्ला सहित भारतीय बिरामीलाई समेत सेवा दिंदै आएको छ । बि.सं. २०३५ सालबाट सेवा शुरु गरेको अस्पतालले जिल्ला र छिमेकी जिल्लाहरुका नौ स्थानमा आँखा उपचार केन्द्र र सेवा केन्द्र सञ्चालन गरेको छ । बाराका सिम्रौनगढमा शल्यक्रिया केन्द्र, भरतपुर ओरालोमा सहरी सेवा केन्द्र सञ्चालनमा छन् । यस्तै नवलपरासीको कावासोती, पर्साको ठारी, धादिङको सल्यानटार, बाराको सिम्रौनगढ र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र÷सेवा केन्द्र सञ्चालित छन् । यस्तै चितवनको खैरहनी, रत्ननगर, चनौली, करिनटारमा पनि केन्द्र सञ्चालित छन् । अस्पताल र केन्द्रहरुबाट वार्षिक एक लाख ६० हजारभन्दा बढीले सेवा लिंदै आएका छन् ।
अस्पतालले दृष्टि पर्दा, कर्निया सेवा, आँखाको प्लास्टिक सर्जरी, बाल आँखा रोग, जलविन्दु, कन्ट्याक्ट लेन्स, न्यून दृष्टि, अर्थाेप्टिक्स लगायतका आँखा सम्बन्धी सम्पूर्ण उपचार सेवा दिंदै आएको छ । यसका अतिरिक्त अस्पतालले समय समयमा विभिन्न ग्रामीण ठाउँहरुमा शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालमा सिटिईभिटि अन्तर्गतको प्रमाणपत्र तहमा अप्थाल्मिक साईन्स अध्ययन अध्यापन गराउँदै आएको छ ।
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस)
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल जिल्लाको सबैभन्दा पुरानो मेडिकल कलेज हो । यसलाई पुरानो मेडिकल कलेजका नामले समेत चिनिन्छ । बि.सं. २०५३ सालबाट सञ्चालित यस अस्पतालमा हाल पाँच सय शैया सञ्चालनमा रहेका छन् ।
अस्पतालमा मेडिसिन, हाडजोर्नी, बालरोग, अप्थाल्मोलोजी, आईसियू÷पोष्टअपरेटिभ, स्त्री तथा प्रसुती, जनरल सर्जरी, आकस्मिक÷अब्जर्भेसन, एनआईसियू, ईएनटि विभाग रहेका छन् । अस्पतालमा अति विशिष्टिकृत सेवाहरु समेत रहेका छन् । जस अन्तर्गत मृगौला प्रत्यारोपण सेवा, कलेजो प्रत्यारोपण, ओपन हर्ट सर्जरी, न्यूरो सर्जरी, हेमोडाईलासिस, क्याथ ल्याब, ईसिएचएक सेवा रहेका छन् । अस्पतालले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाको कार्यक्रमबाट पनि सेवा दिंदै आएको छ ।
अस्पतालमा वार्षिक २ लाख ५० हजार हाराहारी बिरामीले बहिरंगबाट सेवा लिने गरेका छन् । यस्तै वार्षिक २५ हजार हाराहारीले बहिरंग, १२ हजार हाराहारीले आकस्मिक सेवा लिने गरेको अस्पतालका आवासीय निर्देशक डा.मनोहर प्रधानले जानकारी दिनुभयो ।
कलेजले शैक्षिक कार्यक्रम अन्तर्गत एमडि÷एमसिएच, एमबिबिएस, बिएस्सी नर्सिङ, एमडि÷एमएस, बिडिएस, स्टाफ नर्स, एचएच, डेन्टल हाईजिन, रेडियोग्राफी, ल्याब टेक्निसियन सञ्चालन गर्दै आएको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)
बि.सं. २०६३ सालबाट सञ्चालित यस अस्पतालमा ७५० शैया सञ्चालन छन् । आधुनिक उपकरण र दक्ष जनशक्ति सहित सबै खाले रोगको उपचार यहाँबाट हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालसँगै क्यान्सरको छुट्टै भवन निर्माण भईरहेको छ । छिट्टै क्यान्सर अस्पताल पनि सञ्चालनमा आउने जनाईएको छ ।
अस्पतालमा मेडिकल, न्यूरो सर्जरी, हाडजोर्नी, बालरोग, नेप्रोलोजी, आईसियू÷पोष्टअपरेटिभ, युरोलोजी, बर्न एण्ड प्लाटिक सर्जरी, स्त्री तथा प्रसुती रोग, जनरल सर्जरी, ग्यास्ट्रोइन्टीरोलोजी, ट्रोपिकल मेडिसिन, नाक–कान–घाँटी, फिजियोथेरापी सेवा लगायतका विभागबाट सेवा दिंदै आएको छ । यस्तै अस्पतालले विशिष्टिकृत सेवा अन्तर्गत कलेजो प्रत्यारोपण मृगौला प्रत्यारोपण, ओपनहर्ट सर्जरी, न्यूरो सर्जरी, हेमोडाईलासिस, क्याथल्याब सेवा दिंदै आएको छ । अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट पनि बिरामीलाई सेवा दिंदै आएको छ ।
सिएमसीले ११ वटा विषयमा अध्ययन अध्यापन गराउँदै आएको छ । जस अन्तर्गत एमबिबिएस, एमडि/एमसिएच, बिडिएस, एमएनएस, बिएस्सी नर्सिङ, बिएन, बिपिएच, बिएसएमएलटी, बिएसएमआईटी, बिएमआईटी, फेलोसिप कार्यक्रम, स्टाफ नर्स, एचए, डेन्टल हाईजिन, रेडियोग्राफी, ल्याब टेक्निसियन, डिप्लोमा ईन फार्मेसीका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
चितवनमा रहेका अस्पतालहरु क्र.सं. अस्पतालको नाम शैया क्षमता १ भरतपुर अस्पताल (सरकारी) ६०० २ चितवन मेडिकल कलेज शिक्षण अस्पताल ७५० ३ कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ५०० ४ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ५०० ५ भरतपुर आँखा अस्पताल ६२ ६ मौलाकालिका अस्पताल, भरतपुर ५१ ७ आशा अस्पताल, भरतपुर ७५ ८ भरतपुर सामुदायिक अस्पताल, भरतपुर ५५ ९ चितवन हस्पिटल, भरतपुर ५५ १० नेशनल सिटी हस्पिटल, भरतपुर ५५ ११ श्री पुष्पाञ्जली अस्पताल, भरतपुर ५५ १२ शान्ति अस्पताल, भरतपुर ५५ १३ मनकामना अस्पताल, भरतपुर ५० १४ चितवन मोडेल अस्पताल, भरतपुर ५१ १५ ओएसिस मेडिकल कलेज, भरतपुर १०० १६ एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर, भरतपुर ५० १७ चितवन ओम हस्पिटल, भरतपुर २४ १८ जयबुद्ध अस्पताल, भरतपुर १५ १९ सप्तगण्डकी अस्पताल, भरतपुर १५ २० शान्ति अस्पताल, भरतपुर २१ नारायणी सामुदायिक हस्पिटल, भरतपुर ३०० २२ सेन्ट्रल हस्पिटल, भरतपुर २३ एड्भान्स सामुदायिक हस्पिटल, भरतपुर १५ २४ निको बाल अस्पताल, भरतपुर २५ एभरेष्ट हस्पिटल, भरतपुर २६ २६ हेल्प नेपाल, भरतपुर २४ २७ रक्षा हस्पिटल, भरतपुर १५ २८ बालकुमारी कलेज टिचिङ हस्पिटल १५ २९ चितवन मुटु अस्पताल, भरतपुर २५ ३० गुञ्जमान सिंह हस्पिटल, रत्ननगर १५ ३१ ओम साईराम हस्पिटल, रत्ननगर १५ ३२ पुष्पाञ्जली सामुदायिक अस्पताल माडी १५ ३३ साईराम डेन्टल अस्पताल, भरतपुर ३४ योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर ७० ३५ चित्रवन प्राकृतिक चिकित्सालय , भरतपुर १० ३६ नेटफ्रेस हस्पिटल प्रा.लि., भरतपुर १० ३७ लोटर प्राकृतिक अस्पताल एण्ड रिसर्च सेन्टर, भरतपुर १० ३८ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर (सरकारी) ३९ नेशनल आँखा अस्पताल, भरतपुर ४० चितवन आँखा अस्पताल, भरतपुर ४१ बकुलहर रत्ननगर अस्पताल (सरकारी) १००
चार वटा ठूला अस्पताल छाडेर यहाँ रहेका अन्य साना अस्पतालहरुमा पनि वर्षेनी हजारौं बिरामीले सेवा पाईरहेका छन् । यी संस्थाहरुमध्ये कतिपयले शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेका छन् ।
स्वास्थ्य शिक्षाका हिसाबले पनि चितवन महत्वपूर्ण स्थान हो । यहाँका दुई मेडिकल कलेजका अतिरिक्त सिटीईभिटीको स्कूल अफ हेल्थ साईन र अन्य निजी स्वास्थ्य संस्थाहरुले पनि नर्सिङ लगायतका स्वास्थ्य शिक्षाको अध्ययन अध्यापन गराउँदै आएका छन् ।
स्वास्थ्य संकटमा थेग्दै चितवन
भूकम्प र कोरोना जस्ता ठूला विपत्तिहरुमा चितवनको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । बि.सं. २०७२ सालको भूकम्पमा ठूलो संख्यामा घाईते भएकाहरुलाई पहाडी जिल्लाहरुबाट समेत यहाँ ल्याएर उपचार गरिएको थियो । राजधानी काठमाण्डौं लगायतका पहाडी जिल्लाका अस्पतालहरुले थेग्न नसकेको अवस्थामा यहाँका अस्पतालहरुले उपचारको व्यवस्था गरेका थिए । जसले गर्दा विपत्तिको समयमा सहज भएको थियो ।
यस्तै कोरोना संक्रमणको समयमा पनि चितवनको स्वास्थ्य क्षेत्रले निकै ठूलो योगदान दिएको छ । जिल्ला र छिमेकी जिल्लाका मात्रै होइन, सुदुर पश्चिमदेखि पूर्व र पहाडी क्षेत्रकाका बिरामी यहाँ आएर सहज उपचार पाएका छन् । एम्बुलेन्स र हेलिकप्टमा समेत संक्रमितलाई यहाँ उपचारका लागि ल्याईएको थियो । कोरोना संक्रमण उच्च दरमा पुगेको समयमा राजधानी काठमाण्डौं लगायतका ठूला शहरमा अक्सिजन र बेड नपाएर बिरामी छट्पटाईरहेको समयमा चितवनमा भने कुनै पनि दिन अक्सिनको अभाव भएन भने बेड नपाएर बिरामीले भर्ना हुन नपाउने अवस्था आएन । यस हिसाबले पनि यहाँको स्वास्थ्य क्षेत्रले राष्ट्रलाई आईपर्ने स्वास्थ्य संकटलाई थेग्दै आएको छ ।
तिलक रिमाल
चितवन, २४ चैत । बि.सं. २०१० ताका चितवन घना जंगल र झाडी थियो । मानव वस्ती न्यून रहेको त्यस समयमा अधिक गर्मी र लामखुट्टे, विषालु सर्प, बाघ, भालु, हात्ती गैंडा जस्ता जंगली जनावरको डर त्यति नै थियो । बि.सं. २००९ सालमा औलो उन्मुलन अभियान सञ्चालन भयो । बि.सं. २०१२ सालमा राप्ती दुन उपत्यका विकास समिति बनाएर यहाँ मानव वस्तीको विकासको थालनी भयो । मानव वस्तीको विकाससँगै स्वास्थ्य उपचारको खोजी भयो । बि.सं. २०१४ सालमा डिस्पेन्सरीका रुपमा हालको भरतपुर अस्पताल भएको ठाउँमा स्वास्थ्य संस्था स्थापना गरियो । काठको ठहराबाट यो सेवा शुरु भएको हो । नेपाल र अमेरिकाको संयुक्त लगानीमा बि.सं. २०१४ सालमा उक्त ठाउँमा भवन स्थापना गर्ने काम भयो । बि.सं. २०१६ सालबाट १५ शैयाको अस्पताल शुरु भयो ।
यसरी शुरु भएको यहाँका स्वास्थ्य क्षेत्रले ६ दशकभन्दा बढी समय बिताउँदै गर्दा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति सहितको पर्याप्त स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउन सफल भएका छन् । तराईको मध्य भाग, बाक्लो जनघनत्व भएको मध्य तथा पश्चिम नेपालको पहाडी भागसँग निकट रहेर नेपाल कै केन्द्र भागमा रहेको भरतपुर मुलुकका सबैजसो भागसँग यातायातले जोडिएको छ । यस हिसाबले पनि यहाँको स्वास्थ्य क्षेत्रको सेवा धेरै नेपालीले उपभोग गर्ने अवसर पाएका छन् ।
जिल्लामा भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, बघौडा अस्पताल लगायतका सरकारी, सामाजिक संघ संस्थाले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल र निजी क्षेत्रका चितवन मेडिकल कलेज शिक्षण अस्पताल र कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल गरी दुई वडा मेडिकल कलेज रहेका छन् । यसका अतिरिक्त यहाँ साना ठूला गरी दुई दर्जन निजी अस्पतालहरु रहेका छन् भने सरकारी स्तरका हेल्थपोल्टहर गाउँगाउँमा रहेका छन् । विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र पर्याप्त प्रयोगशाला तथा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) भएका कारण यहाँ सबै किसिमको रोगको उपचार तथा परीक्षण गरिंदै आएको छ ।
भरतपुर अस्पताल
संघीय स्तरको भरतपुर अस्पतालमा चितवन सहित छिमेकी १९ जिल्लाका बिरामीले सेवा लिंदै आएका छन् । काठमाण्डौंको प्रसुतीगृहपछि सबैभन्दा धेरै प्रसुती सेवा यही अस्पतालले दिंदै आएको छ । अस्पतालबाट वार्षिक सात हजारभन्दा बढीले यो सेवा लिने गरेका छन् । ६ सय शैयाको यस अस्पतालमा १४ वटा विभाग रहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेडिसिन, हाडजोर्नी, बालरोग, आईसियू, पोष्टअपरेटिभ, न्यूरोसर्जरी, स्पाईनल ईन्जुरी, कोभिड १९, स्त्री तथा प्रसुती, जनरल सर्जरी, आकस्मिक÷अब्जर्भेसन, एनआईसियू, नाक–कान–घाटी, मानसिक रोग, आँखा रोग विभाग रहेका छन् । सुपरस्पेसलिष्ट न्यूरो, मृगौला, आँखा सहितका विभागहरु अस्पतालमा रहेका छन् ।
अस्पताल विकास समिति र नेपाल सरकारबाट ६३० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा कार्यरत छन् । अस्पतालमा वार्षिक २ लाख ५० हजार हाराहारी बिरामीले सेवा लिने गरेका छन् । अस्पतालमा दैनिक एक हजार पाँच सय हाराहारी बिरामीले बहिरंग सेवा लिने गरेका छन् ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल
यहाँको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल दक्षिण एशियामा नै नमूना मानिएको छ । ७५ विघा, १० कठ्ठा, दुई दुध जग्गामा बनेको यस अस्पतालमा नेपालभरि र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । यस अस्पतालमा नेपालको ६० प्रतिशत क्यान्सरका बिरामीले उपचार गर्दै आएका छन् । हड्डीको मासी ट्रान्सप्लान्ट र रक्तक्यान्सरको रगत ट्रान्सप्लान्ट बाहेकका सबै खाले क्यान्सरको यहाँ उपचार हुँदै आएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पेटस्क्यान बाहेकका क्यान्सर उपचारमा प्रयोग हुने सबै उपकरण र आधुनिक प्रयोगशाला अस्पतालमा रहेको छ ।
अस्पतालको सन् २०१८ को तथ्यांक अनुसार उक्त वर्ष १ लाख ३७ हजार ८६२ बिरामीले अस्पतालबाट सेवा लिएका छन् । त्यस मध्ये ५ हजार ७८९ जनाले अन्तरंग सेवा लिएका छन् । पाँच सय शैयाको अस्पतालमा वार्षिक ६ हजार हाराहारी नयाँ क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालले पोखरा विश्वविद्यालयबाट स्वीकृत लिएर तीन वर्षे बिएससी इन अन्कोलोजी कार्यक्रम सञ्चालन गर्दै आएको छ । अंकोलोजिमा स्नातकोत्तर तह र विद्यावारिधि तहका लागि रेजिडेन्स गराउने योजना अस्पतालको रहेको कार्यकारी निर्देशक गौतमको भनाई छ ।
भरतपुर आँखा अस्पताल
भरतपुर आँखा अस्पतालले जिल्ला मात्रै होइन, यस वरपरका छिमेकी जिल्ला सहित भारतीय बिरामीलाई समेत सेवा दिंदै आएको छ । बि.सं. २०३५ सालबाट सेवा शुरु गरेको अस्पतालले जिल्ला र छिमेकी जिल्लाहरुका नौ स्थानमा आँखा उपचार केन्द्र र सेवा केन्द्र सञ्चालन गरेको छ । बाराका सिम्रौनगढमा शल्यक्रिया केन्द्र, भरतपुर ओरालोमा सहरी सेवा केन्द्र सञ्चालनमा छन् । यस्तै नवलपरासीको कावासोती, पर्साको ठारी, धादिङको सल्यानटार, बाराको सिम्रौनगढ र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र÷सेवा केन्द्र सञ्चालित छन् । यस्तै चितवनको खैरहनी, रत्ननगर, चनौली, करिनटारमा पनि केन्द्र सञ्चालित छन् । अस्पताल र केन्द्रहरुबाट वार्षिक एक लाख ६० हजारभन्दा बढीले सेवा लिंदै आएका छन् ।
अस्पतालले दृष्टि पर्दा, कर्निया सेवा, आँखाको प्लास्टिक सर्जरी, बाल आँखा रोग, जलविन्दु, कन्ट्याक्ट लेन्स, न्यून दृष्टि, अर्थाेप्टिक्स लगायतका आँखा सम्बन्धी सम्पूर्ण उपचार सेवा दिंदै आएको छ । यसका अतिरिक्त अस्पतालले समय समयमा विभिन्न ग्रामीण ठाउँहरुमा शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालमा सिटिईभिटि अन्तर्गतको प्रमाणपत्र तहमा अप्थाल्मिक साईन्स अध्ययन अध्यापन गराउँदै आएको छ ।
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस)
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल जिल्लाको सबैभन्दा पुरानो मेडिकल कलेज हो । यसलाई पुरानो मेडिकल कलेजका नामले समेत चिनिन्छ । बि.सं. २०५३ सालबाट सञ्चालित यस अस्पतालमा हाल पाँच सय शैया सञ्चालनमा रहेका छन् ।
अस्पतालमा मेडिसिन, हाडजोर्नी, बालरोग, अप्थाल्मोलोजी, आईसियू÷पोष्टअपरेटिभ, स्त्री तथा प्रसुती, जनरल सर्जरी, आकस्मिक÷अब्जर्भेसन, एनआईसियू, ईएनटि विभाग रहेका छन् । अस्पतालमा अति विशिष्टिकृत सेवाहरु समेत रहेका छन् । जस अन्तर्गत मृगौला प्रत्यारोपण सेवा, कलेजो प्रत्यारोपण, ओपन हर्ट सर्जरी, न्यूरो सर्जरी, हेमोडाईलासिस, क्याथ ल्याब, ईसिएचएक सेवा रहेका छन् । अस्पतालले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाको कार्यक्रमबाट पनि सेवा दिंदै आएको छ ।
अस्पतालमा वार्षिक २ लाख ५० हजार हाराहारी बिरामीले बहिरंगबाट सेवा लिने गरेका छन् । यस्तै वार्षिक २५ हजार हाराहारीले बहिरंग, १२ हजार हाराहारीले आकस्मिक सेवा लिने गरेको अस्पतालका आवासीय निर्देशक डा.मनोहर प्रधानले जानकारी दिनुभयो ।
कलेजले शैक्षिक कार्यक्रम अन्तर्गत एमडि÷एमसिएच, एमबिबिएस, बिएस्सी नर्सिङ, एमडि÷एमएस, बिडिएस, स्टाफ नर्स, एचएच, डेन्टल हाईजिन, रेडियोग्राफी, ल्याब टेक्निसियन सञ्चालन गर्दै आएको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)
बि.सं. २०६३ सालबाट सञ्चालित यस अस्पतालमा ७५० शैया सञ्चालन छन् । आधुनिक उपकरण र दक्ष जनशक्ति सहित सबै खाले रोगको उपचार यहाँबाट हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालसँगै क्यान्सरको छुट्टै भवन निर्माण भईरहेको छ । छिट्टै क्यान्सर अस्पताल पनि सञ्चालनमा आउने जनाईएको छ ।
अस्पतालमा मेडिकल, न्यूरो सर्जरी, हाडजोर्नी, बालरोग, नेप्रोलोजी, आईसियू÷पोष्टअपरेटिभ, युरोलोजी, बर्न एण्ड प्लाटिक सर्जरी, स्त्री तथा प्रसुती रोग, जनरल सर्जरी, ग्यास्ट्रोइन्टीरोलोजी, ट्रोपिकल मेडिसिन, नाक–कान–घाँटी, फिजियोथेरापी सेवा लगायतका विभागबाट सेवा दिंदै आएको छ । यस्तै अस्पतालले विशिष्टिकृत सेवा अन्तर्गत कलेजो प्रत्यारोपण मृगौला प्रत्यारोपण, ओपनहर्ट सर्जरी, न्यूरो सर्जरी, हेमोडाईलासिस, क्याथल्याब सेवा दिंदै आएको छ । अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट पनि बिरामीलाई सेवा दिंदै आएको छ ।
सिएमसीले ११ वटा विषयमा अध्ययन अध्यापन गराउँदै आएको छ । जस अन्तर्गत एमबिबिएस, एमडि/एमसिएच, बिडिएस, एमएनएस, बिएस्सी नर्सिङ, बिएन, बिपिएच, बिएसएमएलटी, बिएसएमआईटी, बिएमआईटी, फेलोसिप कार्यक्रम, स्टाफ नर्स, एचए, डेन्टल हाईजिन, रेडियोग्राफी, ल्याब टेक्निसियन, डिप्लोमा ईन फार्मेसीका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
चितवनमा रहेका अस्पतालहरु
क्र.सं. अस्पतालको नाम शैया क्षमता
१ भरतपुर अस्पताल (सरकारी) ६००
२ चितवन मेडिकल कलेज शिक्षण अस्पताल ७५०
३ कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ५००
४ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ५००
५ भरतपुर आँखा अस्पताल ६२
६ मौलाकालिका अस्पताल, भरतपुर ५१
७ आशा अस्पताल, भरतपुर ७५
८ भरतपुर सामुदायिक अस्पताल, भरतपुर ५५
९ चितवन हस्पिटल, भरतपुर ५५
१० नेशनल सिटी हस्पिटल, भरतपुर ५५
११ श्री पुष्पाञ्जली अस्पताल, भरतपुर ५५
१२ शान्ति अस्पताल, भरतपुर ५५
१३ मनकामना अस्पताल, भरतपुर ५०
१४ चितवन मोडेल अस्पताल, भरतपुर ५१
१५ ओएसिस मेडिकल कलेज, भरतपुर १००
१६ एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर, भरतपुर ५०
१७ चितवन ओम हस्पिटल, भरतपुर २४
१८ जयबुद्ध अस्पताल, भरतपुर १५
१९ सप्तगण्डकी अस्पताल, भरतपुर १५
२० शान्ति अस्पताल, भरतपुर
२१ नारायणी सामुदायिक हस्पिटल, भरतपुर ३००
२२ सेन्ट्रल हस्पिटल, भरतपुर
२३ एड्भान्स सामुदायिक हस्पिटल, भरतपुर १५
२४ निको बाल अस्पताल, भरतपुर
२५ एभरेष्ट हस्पिटल, भरतपुर २६
२६ हेल्प नेपाल, भरतपुर २४
२७ रक्षा हस्पिटल, भरतपुर १५
२८ बालकुमारी कलेज टिचिङ हस्पिटल १५
२९ चितवन मुटु अस्पताल, भरतपुर २५
३० गुञ्जमान सिंह हस्पिटल, रत्ननगर १५
३१ ओम साईराम हस्पिटल, रत्ननगर १५
३२ पुष्पाञ्जली सामुदायिक अस्पताल माडी १५
३३ साईराम डेन्टल अस्पताल, भरतपुर
३४ योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर ७०
३५ चित्रवन प्राकृतिक चिकित्सालय , भरतपुर १०
३६ नेटफ्रेस हस्पिटल प्रा.लि., भरतपुर १०
३७ लोटर प्राकृतिक अस्पताल एण्ड रिसर्च सेन्टर, भरतपुर १०
३८ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर (सरकारी)
३९ नेशनल आँखा अस्पताल, भरतपुर
४० चितवन आँखा अस्पताल, भरतपुर
४१ बकुलहर रत्ननगर अस्पताल (सरकारी) १००