सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजतन्त्र फर्काउन सम्भव छैन : सभापति देउवा


  •    /२८ भाद्र २०७६, शनिबार १८:४४ 
  • तुलसीपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो ।

    “कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्”, उहाँले भन्नुभयो, “यो हल्ला मात्रै हो ।” एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति देउवाले भन्नुभयो, “एनसेलको मैले नाम पनि सुनेको छैन् । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।”

    अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताउनुभयो । “दाङमा राम्रा भवन छैनन्”, उहाँले भन्नुभयो, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस् ।”

    बाँकेका काङ्ग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको दोषीलाई कारवाही गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । “बाँकेमा गम्भीर खालको घटना भएको हो”, उहाँले भन्नुभयो, “यो घटनाका दोषी जो कोहीलाई पनि कारवाही गर्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.