१६ चैत्र । आगामी २०७९ वैशाख ३० गते नेपालभर एकै चरणमा स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने भनी निर्वाचन आयोगलगायतका सरकारी संयन्त्रहरु तीव्र गतिका साथ निर्वाचनपूर्वको चरणमा गर्नुपर्ने कामहरु गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेकोमा करिब ३ लाख आवेदकहरुले दरखास्त पेश गरेका छन् र छनोट परीक्षासमेत सञ्चालन भइसकेको छ ।
म्यादी प्रहरी भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउँदै सक्षम व्यक्तिहरु मात्र म्यादी प्रहरीमा प्रवेश गरुन् भन्ने उद्देश्यले नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८ निर्माण गरी लागू गरेको छ भने म्यादी प्रहरीको छनोट विधिसमेत तयार गरी लागू गरेको छ । मापदण्ड र छनोट विधि हेर्दा केही कसिलो देखिन्छ, करिब करिब नेपाल प्रहरीमा स्थायीरुपले नियुक्ति हुनेजस्तै गरी विधि तयार गरेको देखिएको छ, तर निर्वाचनको समयमा नेपाल प्रहरीको कमान्डमा नेपाल प्रहरीकै निर्वाचनसम्बन्धी जिम्मेवारी वहन गर्न सक्ने जनशक्ति छनोट गर्नुपर्ने भएकोले यो मापदण्ड र विधि सान्दर्भिक देखिन्छ ।
छनोट विधि
सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा प्रहरी परिसरहरुमा रीतपूर्वकको दरखास्त पेश गरी प्रवेश–पत्र प्राप्त गरेका उमेदवारहरुका लागि भर्ना गर्ने प्रत्येक जिल्ला प्रहरी कार्यालय र परिसरले छनोट तालिका सार्वजनिक गरिसकेका छन् र उमेदवारहरुले नागरिकताको प्रमाणपत्र र प्रवेश–पत्रसहित शारीरिक तन्दुरूस्ती परीक्षाका लागि उपयुक्त हुने पोसाक जस्तैः हाफ पाइन्ट, टिसर्ट, स्पोर्ट जुत्ता, ट्रयाकसुट आदिमा छनोट स्थलमा तोकिएको समयभित्र पुग्नुपर्ने हुन्छ ।
एकैदिनमा करिब एक हजारभन्दा बढीको छनोट गर्नुपर्ने बाध्यता रहेकोले छनोट परीक्षामा सहभागी हुने दिन केही लामो समय कुर्नुपर्नेे, धेरै परिश्रम गर्नुपर्ने, पसिना बगाउनुपर्ने भएकोले प्रत्येक उमेदवारहरुलाई अघिल्लो दिन स्वच्छ आहार, पर्याप्त पानी र चिरनिद्रा अपरिहार्य हुन्छ । त्यसका साथै प्रत्येक उमेदवारहरुले आफूले के–कस्तो परीक्षा दिनुपर्छ ? त्यसका मापदण्डहरु के–के हुन् ? के गर्दा उत्तीर्ण र के गर्दा अनुत्तीर्ण भइन्छ भन्नेसम्बन्धमा जानकारी राख्नु र घरमै अभ्याससमेत गर्नु उपयुक्त हुन्छ । जसले उमेदवारहरुलाई परीक्षामा सहभागी हुन र उत्तीर्ण हुनसमेत सहज हुन्छ ।
कागजात परीक्षण
आफ्नो छनोटको पालो परेको दिन छनोट स्थलमा पुगेका उमेदवारहरुको सर्वप्रथम नागरिकता र प्रवेश–पत्र परीक्षण हुन्छ । उमेदवारहरु सक्कलै नागरिकताको प्रमाणपत्र र प्रवेश–पत्रसहित होहल्ला नगरी लामबद्ध हुनुपर्छ । आफ्नो पालो आएपछि चेकजाँचमा खटिएका अधिकृतलाई आफ्नो कागजात देखाउनुपर्छ । नागरिकता अस्पष्ट भएमा वा परीक्षकलाई शङ्का लागेमा नागरिकता तथा दरखास्त फाराममा उल्लेखित कुराहरु सोधेर यकिनसमेत गर्न सक्छन् । कागजात चेकजाँचमा सही देखिएका व्यक्तिहरु मात्र परीक्षाका लागि अगाडि बढ्न सक्छन् । यदाकदा नक्कली परीक्षार्थी समेत आउन सक्ने भएकोले यस स्थानमा नेपाल प्रहरीले कडाइका साथ चेकजाँच गर्ने गर्छ । कसैले पनि नक्कली परीक्षार्थी खडा गर्नुहुँदैन र कसैका लागि नक्कली परीक्षार्थी बनेर छनोट स्थलमा केही पनि जानुहुँदैन ।
प्रारम्भिक स्वास्थ्य परीक्षण
छनोट केन्द्रमा उमेदवारहरुको कागजात चेकजाँचपछि प्रारम्भिक स्वास्थ्य परीक्षण (वेयरिङ चेक) परीक्षा सुरू हुन्छ । जसमा पहिला उमेदवारको उचाइ, छाती र तौल नाप्ने कार्य हुन्छ । पुरूषका हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ, ३१–३३ इन्च छाती र ५० केजी तौल हुनुपर्छ भने महिलाको हकमा कम्तीमा ५ फिट उचाइ र ४२ केजी तौल हुनुपर्छ । यदि कोही उमेदवारको उचाइ, छाती र तौल नपुगेको खण्डमा यही स्थानबाट निजको प्रवेश–पत्रमा नपुगेको जनाइन्छ र अर्को स्टेपको परीक्षामा सहभागी हुन नदिई अनुत्तीर्ण गरिन्छ । उचाइ, छाती र तौल पुगेका उमेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने कार्य हुन्छ ।
जसमा उमेदवारहरु अङ्गभङ्ग वा कुरुप छन् कि छैनन् ? नजिक र टाढाको दूरीमा राम्रोसँग देख्न सक्छन् कि सक्दैनन् ? उमेदवारको बाहिर देखिने खालको घाउ, चोटपटक, रोग छ कि छैन ? उचाइअनुसारको तौलभन्दा अत्यधिक बढी वा कम तौल छ कि ? शरीरको कुनै अङ्गले काम गर्न नसक्ने पो छ कि ? भनेर विभिन्न उपायहरुबाट चेकजाँच गरिन्छ । झट्ट हेर्दा अङ्गभङ्ग देखिने, कुरुप देखिने व्यक्ति, राम्रोसँग नजिक र टाढाको वस्तु देख्न नसक्ने व्यक्ति, उचाइअनुसारको स्वाभाविक तौलभन्दा बढी वा घटी हुने तौल भएका व्यक्ति र शरीरको कुनै अङ्गले काम नगर्ने व्यक्तिलाई यही स्थानमा उमेदवारको प्रवेश–पत्रमा त्यही व्यहोरा जनाई अनुत्तीर्ण गरिन्छ र बाँकी छनोट परीक्षामा समावेश गरिँदैन ।
यसका अतिरिक्त छनोट स्थलमा रहेका चिकित्सकले उमेदवारहरुको मुटुको धड्कन, ब्लड प्रेसर तथा अन्य सामान्य स्वास्थ्य परीक्षण पनि गर्छन् । चिकित्सकको स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण हुने उमेदवारहरुको प्रवेश–पत्रमा पनि उमेदवारमा भएको कमजोरी उल्लेख गरी अनुत्तीर्ण गरिन्छ र बाँकी परीक्षामा सहभागी नै हुन नपाउने व्यवस्था भएको छ ।
शारीरिक तन्दुरूस्ती परीक्षा
प्रारम्भिक स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उमेदवारहरुको मात्र शारीरिक तन्दुरूस्ती परीक्षा सञ्चालन गरिन्छ, जसमा तीनवटा परीक्षा निर्धारण गरिएको छ । उमेदवारहरु उमेर र लिङ्गका आधारमा १ किलोमिटर दौड, सिटअप र पुसअप परीक्षामा सहभागी हुनुपर्छ । छनोट विधिले उमेरका लागि १८ वर्षदेखि ३९ वर्षसम्मको एउटा समूह र ४० वर्षदेखि ५४ वर्षसम्मको अर्को समूह गरी विभाजन गरेको छ । १८ वर्षदेखि ३९ वर्षसम्मका उमेदवारहरुमध्ये पुरूषले १ किलोमिटरको दूरी ५ मिनेटभित्र पार गरिसक्नुपर्छ भने महिलाले ७ मिनेटभित्र पार गरिसक्नुपर्छ । यही दूरी ४० वर्षदेखिमाथि ५४ वर्षसम्मको उमेर समूहका पुरूषले १० मिनेटभित्र र महिलाले १२ मिनेटभित्र पार गरिसक्नुपर्छ ।
१ किलोमिटर दौडको परीक्षामा अनुत्तीर्ण हुने उमेदवारहरुलाई अर्को परीक्षामा सहभागी नबनाई निजको प्रवेश–पत्रमा दौड पार गरेको समय उल्लेख गरी अनुत्तीर्ण गरिन्छ भने उत्तीर्ण भएका उमेदवारहरुलाई सिटअप परीक्षामा सहभागी गराइन्छ । सिटअप परीक्षामा पनि उमेर समूहअनुसार कतिपटक सिटअप गर्नुपर्ने भन्ने निर्धारण गरिएको छ । १८ वर्षदेखि ३९ वर्षसम्मको उमेर समूहका पुरूष उमेदवारहरुले कम्तीमा १० पटक सिटअप गर्नुपर्छ भने महिलाले कम्तीमा ५ पटक गर्नुपर्छ । त्यस्तै, ४० वर्षदेखि ५४ वर्ष उमेर समूहका पुरूष उमेदवारहरुले कम्तीमा ५ पटक सिटअप गर्नुपर्छ भने महिलाले कम्तीमा ४ पटक सिटअप गर्नुपर्छ ।
सिटअप परीक्षाका लागि निर्धारित न्यूनतम पटक पनि गर्न नसक्ने उमेदवारहरुलाई यही स्थानमा निजको प्रवेश–पत्रमा निजले गरेको सिटअपको संख्या उल्लेख गरी उनुत्तीर्ण गरिन्छ भने उत्तीर्ण भएका उमेदवारहरुलाई मात्र पुसअप परीक्षामा सहभागी बनाइन्छ । पुसअपको मापदण्ड पनि सिटअपको जस्तै उमेर समूहअनुसार १० पटक, ५ पटक, ४ पटक आदि निर्धारण भएको छ । यस परीक्षामा उत्तीर्ण भएका उमेदवारहरु मात्र लिखित परीक्षाका लागि योग्य मानिन्छन् र लिखित परीक्षामा सहभागी हुन पाउँछन् ।
लिखित परीक्षा
प्रारम्भिक स्वास्थ्य परीक्षा तथा शारीरिक तन्दुरूस्ती परीक्षामा उत्तीर्ण भएका उमेदवारहरुलाई प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित नेपाली सेनाका अधिकृत, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सदस्यसचिव रहेको म्यादी प्रहरीको भर्ना छनोट तथा नियुक्ति समतिले १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु तयार गरी लिखित परीक्षा सञ्चालन गर्नेछन् ।
लिखित परीक्षामा कम्तीमा ४० अङ्क प्राप्त गर्ने उमेदवारहरु मात्र लिखित परीक्षामा उत्तीर्ण हुनेछन् भने त्योभन्दा कम अङ्क प्राप्त गर्ने उमेदवारहरु अनुत्तीर्ण मानिनेछन् । प्रायगरी लिखित परीक्षामा नेपाल प्रहरी, निर्वाचनसम्बन्धी कानुनी व्यवस्था, प्रहरीको काम कर्तव्य, म्यादी प्रहरीको काम कर्तव्य, निर्वाचनपूर्व, निर्वाचन अवधिमा र निर्वाचनपश्चात्को सुरक्षा व्यवस्था आदि सँग सम्बन्धित वस्तुगत प्रश्नहरु सोध्ने गरिन्छ ।
अन्तर्वार्ता परीक्षा
लिखित परीक्षामा उत्तीर्ण उमेदवारहरुलाई म्यादी प्रहरीको भर्ना छनोट तथा नियुक्ति समितिले २० पूर्णाङ्कको अन्तर्वार्ता परीक्षा सञ्चालन गर्नेछ । म्यादी प्रहरीको काम कर्तव्य, साहस, मनोबल र समर्पणसँग सम्बन्धित प्रश्नहरु सोधी अन्तर्वार्ता परीक्षा लिने प्रचलन रहेको छ । अन्तर्वार्ता परीक्षामा कम्तीमा ८ अङ्क प्राप्त नगर्ने उमेदवारहरु अनुत्तीर्ण हुने व्यवस्था रहेको छ ।
अन्तिम नतिजा प्रकाशन
छनोट तथा नियुक्ति समितिले सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका उमेदवारहरुको लिखित तथा अन्तर्वार्ता परीक्षाको कुल प्राप्ताङ्क जोडी मेरिटका आधारमा योग्यताक्रमअनुसार अन्तिम नतिजा प्रकाशन गर्नेछ र उपलब्ध भएसम्म २० प्रतिशत उत्तीर्ण उमेदवारहरुलाई वैकल्पिक सूचीमा राख्नेछ । यसरी नतिजा प्रकाशन भएका योग्य उमेदवारहरुलाई जिल्ला प्रहरी कार्यालय प्रमुखले ढाँचाबमोजिमको नियुक्ति–पत्र, युनिफर्म लगाएको फोटोसहितको म्यादी प्रहरी परिचय–पत्र दिनेछन् भने निर्वाचन सम्पन्न भएपश्चात् म्यादी प्रहरीको रुपमा सेवा गरेको प्रमाणपत्रसमेत प्रदान गर्ने व्यवस्था छ ।
उत्तीर्ण भएका उमेदवारहरुको कुनै कारणवश नियुक्ति बदर भएमा वा निज गैरहाजिर रहेमा, माथिल्लो योग्यताक्रमअनुसार वैकल्पिक सूचीमा रहेका उमेदवारहरुको नियुक्ति हुने भएकोेले उत्तीर्ण उमेदवारको सूचीमा नपरी वैकल्पिकमा रहेका उमेदवारहरु समेत जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क, समन्वयमा रहनुपर्छ । तोकिएको मिति र समयमा आफू उपस्थित हुन नसक्दा आफूभन्दा तल्लो योग्यताक्रममा रहेको वैकल्पिक उमेदवारले नियुक्ति पाउने हुन्छ ।