सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यवर्तीको सामुदायिक विकासलाई १४ करोड निकासा


  •    /२८ भाद्र २०७६, शनिबार १२:४० 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड नौ लाख रुपैयाँ बजेट निकासा भएको छ । गत आवमा सङ्कलित राजश्वमध्येको झण्डै आधा रकम सामुदायिक विकासमा विनियोजन भएको हो ।

    निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आवमा रु २९ करोड १० लाख राजश्व सङ्कलन भएको थियो । गत वर्ष अघिल्लो वर्षको राजश्व सङ्कलनको तुलनामा निकै कम बजेट विनियोजन भएको थियो । गत आव सो शीर्षकमा रु सात करोड ६९ लाख विनियोजन भएको घिमिरेले जानकारी दिनुभयो । सामुदायिक विकासमा निकासा भएको बजेट निकुञ्जका २१ मध्यवर्ती उपभोक्ता समिति र एउटा उपसमितिमार्फत खर्च हुन्छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्ज प्रभावित क्षेत्रलाई तीन भागमा बाँडेर बजेट विनियोजन गरिएको र बजेट पाँच शीर्षकमा खर्च गरिने बताउनुभयो । जसअनुसार सामुदायिक विकासमा ३०, संरक्षण कार्यक्रममा ३०, क्षमता विकास र आयआर्जनमा २०, संरक्षण शिक्षामा १० र प्रशासनिक खर्च १० प्रतिशत खर्च हुने गर्दछ ।

    चालू आवमा निकुञ्ज हुँदै बग्ने नदीले कटान गरेका जमीन खरीद गर्न रु एक करोड बजेट विनियोजन गरिएको छ । हरेक वर्ष प्राप्त बजेटका आधारमा जमीन खरीद गरिन्छ । मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति र उपसमितिका अध्यक्षमध्येबाट एक अध्यक्ष बनाउने गरिन्छ । सोही समितिको सदस्यसचिव प्रमुख संरक्षण अधिकृत हुने व्यवस्था छ । समितिले बजेट विभिन्न उपभोक्ता समितिमा बाँडफाँट गरी खर्च गरिन्छ ।

    ऐनले निकुञ्ज र संरक्षण क्षेत्रमा सङ्कलित राजश्वमध्ये ३० देखि ५० प्रतिशतसम्म सामुदायिक विकासमा खर्च गर्नसक्ने व्यवस्था गरेको छ । सोहीअनुरुप मानव र वन्यजन्तुको द्वन्द्व घटाउन प्राथमिकता दिँदै बजेट निकासा हन्छ । चार जिल्लामा फैलिएको निकुञ्जमा ऐन बनेपछि हालसम्म रु एक अर्ब हाराहारी बजेट सामुदायिक विकासका लागि आएको ढकालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.