सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माण व्यवसायी संघको अध्यक्षमा काँग्रेस निकट कँडेल बिजयी, पदाधिकारीमा बामपन्थीको बर्चश्व


  •    /२८ भाद्र २०७६, शनिबार ११:३० 
  • चितवन । निर्माण व्यवसायी संघ, चितवनको अध्यक्षमा उमानन्द कँडेल बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी छवि गौतमलाई तेब्बर भन्दा बढी मतान्तरले हराउँदै कँडेल बिजयी भएका हुन् । शुक्रबार राति सम्पन्न मतगणनामा कँडेलले दुई सय चार मत पाए भने गौतमले ६८ मत मात्रै पाए ।

    १३६मत अन्तरले बिजयी कँडेल नेपाली काँग्रेस निकट छन् भने गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका व्यवसायी हुन् । संघको प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिवलगायत महत्त्वपूर्ण पदाधिकरीमा भने बामपन्थी प्यानलका उम्मेदवार बिजयी भएका छन् ।

    त्यसैगरी द्धितीय उपाध्यक्षमा काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गर्दै बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । न्यौपानेले १५४ मत रअधिकारीले ११६ मत प्राप्त गरे । सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए ।

    त्यसैगरी संघको सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी बाबुराजा सिंहले १११ मत प्राप्त गरे । खुल्ला सदस्यमा सहदेव उप्रेती, संजय न्यौपाने, शिवलाल ढकाल, प्रकाश तिवारी, दीपक अधिकारी, विष्णु प्रसाद लामिछाने, दीपक पाठक र पिताम्बर बास्तोला विजयी भएका छन् । ८ जना खुला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो। कूल २८४ जना मतदातामा २७८ मत खसेको थियो ।

    प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने, महासचिवमा पुस्तक अधिकारी र कोषाध्यक्ष कमलराज आचार्य निर्विरोध निर्वाचित भएका थिए । महिला सदस्यमा रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.