गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भदौमा शिलान्यास गरिने, प्रारम्भिक काम तीब्र गतिमा हुँदै
/८ बैशाख २०७६, आईतवार १७:२०
चितवन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीब्रता दिईएको छ । शिलान्यासन पूर्व गर्नुपर्ने प्रारम्भिक कामहरु यतिबेला चरणवद्ध रुपमा भईरहेका छन् ।
चितवनको रामपुरमा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माण गर्दै गरेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई टिनले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायतका आवश्यक संरचना निर्माण गरिसकिएको छ ।
हालसम्म करिब ८० लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको कट्टेलले बताउनु भयो । यसै साताबाट खेलमैदानको भुइँको काम थालिने छ । अन्तर्राष्ट्रिय स्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेल मैदान निर्माण गरिने कट्टेलले बताउनुभयो । गुरुयोजना तयार गरि नक्साङ्कनको काम तीब्र गतिमा अघि बढाईएको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि वढाईएको छ ।
क्रिकेट बाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भईरहेको कट्टेलले बताउनुभयो । रङ्गशालाको नक्साङ्कनमा नेपालीसँगै विदेशी विज्ञहरुले पनि काम गरिरहेका छन् । जेठ महिनासम्ममा ५० करोड रुपैयाँ सङ्कलन गरि आवश्यक सामग्री जम्मा गर्ने तयारी भईरहेको छ । हालसम्म ६ करोड रुपैयाँ सङ्कलन भएको फाउण्डेसनले जनाएको छ ।
कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान सुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कल हुन थालेको बताउनुभयो । सबै जिल्लामा समिति निर्माण गरि रङ्गशालाको अपनत्व लिने गरि आर्थिक सहयोग अभियानलाई तिब्रता दिईने उहाँले बताउनु भयो । आर्थिक सङ्कलनका लागि यहि वैशाख १३ गते फाउडेसनको टोलि दुबई जाँदै छ । त्यस लगत्तै जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम रहेको छ ।
फाउण्डेसनको खातामा पहिले जम्मा भएको दुई करोड ९ लाख रुपैयाँ बाट कामको भुक्तानी भईरहेको उहाँले बताउनु भयो ।
बहुउपोगी रङ्गशला निर्माणमा तीन अर्ब रुपैयाँ लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । त्रिभूवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकुद एकेडेमीका रुपमा विकास गर्ने तयारी गरिएको छ ।
यसैबीच, रङ्गशाला निर्माणका लागि हानामी एजुकेशनल ईन्टरनेशनल प्रा.लि. चितवनले आज एक लाख एघार हजार एक सय एघार रुपैयाँ फाउण्डेसनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेको छ ।