सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक क्याम्पस सवलीकरणमा प्रदेश सरकार, सप्तगण्डकी क्याम्पसमा शैक्षिक एफएम तथा टिभी प्रयोगशाला


  •    /२६ भाद्र २०७६, बिहीबार १७:११ 
  • चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताउनुभएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले स्थापना गरेको शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशालाको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सरकारले दर्ता मात्रै गर्ने तर नहेर्ने हुँदा सामुदायिक क्याम्पस समस्यामा रहेको बताउनुभयो ।

    हेटौँडा क्याम्पस सञ्चालक समितिको २० वर्षे नेतृत्व हालै मात्र छोडेको बताउँदै उहाँले भन्नुभयो, “सरकारले अनुमति दिएर छोड्ने, विद्यार्थीले कम शुल्क तिर्न खोज्ने, प्रध्यापकले त्रिवि सरह तलब खोज्ने र अभिभावकले गुणस्तरीय शिक्षा चाहने हुँदा सामुदायिक क्याम्पस समस्यामा छन् ।” सामुदायिक क्याम्पसमा अवसर र चुनौती दुवै भएको भन्दै उहाँले प्रदेश सरकारले सामुदायिक क्याम्पस र विद्यालयलाई सवलीकरण गर्ने नीति अघि बढाएको बताउनुभयो ।

    प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले रु २० लाख सहयोग गरेको छ । आउँदा दिनमा पनि आवश्यकता अनुसार सहयोग गरिने उहाँले आश्वासन दिनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतोले विसं २०४५ मा स्थापना भएको क्याम्पसमा हाल तीन हजार विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।

    प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकममा क्याम्पसले रु पाँच लाख थप गरेको उहाँले बताउनुभयो । पत्रकारिता विषयका उपप्राध्याक मधुसुधन दवाडीका अनुसार सो क्याम्पसको कक्षा ११ र १२ तथा स्नातक तहमा दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् । प्रयोगशाला निर्माणसँगै विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने दवाडीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.