सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस चितवनले शुरु गर्यो दोस्रो चरणको जागरण अभियान


  •    /२४ भाद्र २०७६, मंगलवार १७:०१ 
  • चितवन । नेपाली काँग्रेस चितवनले आजदेखि जिल्लामा दोस्रो चरणको जागरण अभियान शुरु गरेको छ । काँग्रेसले जिल्लाका सवै प्रदेश स्तरका क्षेत्रहरुमा जागरण अभियान शुरु गरेको हो । पार्टीको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार जिल्लाका संसदीय क्षेत्रअन्तर्गत प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा आज एकैसाथ अभियान शुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ ।

    १ सय ६ औँ बिपि जयन्तीको अवसर पारेर चितवनका प्रत्येक निर्वाचन क्षेत्रमा एक सय ६ वटा विरुवा गरि जिल्लामा ६ सय ३६ वटा विरुवा रोपेर कार्यक्रमको शुरुवात गरेको हो । जागरण अभियानका लागि केन्द्रले पठाएका प्रतिनिधि र जिल्लाले तोकेका प्रतिनिधिहरुसहित सवै क्षेत्रमा एकै साथ कार्यक्रम गरिएको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

    नेपाली काँग्रेस केन्द्रीय कार्यालयले चितवन प्रतिनिधिसभा क्षेत्र नम्वर १(क) मा नवराज महत, (ख) प्रेमबहादुर खड्का, २ (क) मा गणेशमान चक्रधर, (ख) मा रामचन्द्र माईकल, ३ (क) मा धर्मराज अर्याल, (ख) मा धनलक्ष्मी श्रेष्ठलाई प्रतिनिधिको रुपमा खटाएको छ । अभियानका प्रतिनिधिहरुले कार्यक्रमको उद्घाटनका क्रममा पार्टीलाई अहिलेको अवस्थाबाट पुरानो बलियो अवस्थामा फर्काउनका लागि अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

    बिपिको जन्म जयन्तिको अवसरमा विरुवा रोप्दा जस्तो खटाई अन्य समयमा पनि हुन आवश्यक रहेको उहाँहरुको भनाई थियो । काँग्रेसले सञ्चालन गरेको जागरण अभियानले पार्टी भित्रका आन्तरिक विवादको समेत अन्त्य गर्ने उहाँहरुले बताउनु भयो । निर्वाचनमा देखिएका तिक्तताहरुको अन्त्य गर्दै काँग्रेसलाई बलियो बनाउन र काँग्रेसले हालसम्म गरेका काम र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा आम कार्यकर्ताहरुलाई जानकार गराउनु अहिलेको आवश्यकता रहेको अभियानका प्रतिनिधिहरुको भनाई थियो ।

    नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार असोज ७ गनेसम्म सञ्चालन हुने सो अभियानका लागि जिल्ला पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्वर १ प्रदेश (क) मा जिल्ला सह सचिव सूर्य अर्याल, (ख) मा जिल्ला सचिव राजिव न्यौपाने, प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश (क) मा जिल्ला सचिव उत्तम जोशी, (ख) मा प्रवक्ता निता ढकाल, प्रतिनिधि सभा क्षेत्र नम्वर ३ प्रदेश (क) मा जिल्ला कोषाध्यक्ष शङ्कर कँडेल र (ख) मा जिल्ला उपसभापति कैलाश कोईरालालाई जिम्मा दिएको छ ।

    अभियानका क्रममा प्रदेश क्षेत्रमा तीन सय युवालाई अहिलेसम्मका आन्दोलन र यसबाट प्राप्त उपलव्धि, बिपिको विचार लगायतका विषयमा प्रशिक्षित गराउने, नागरिक सम्वाद कार्यक्रम गर्ने, युवा केन्द्रित विशेष सम्वाद, अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्व पीडितहरुकोमा घरदैलो, नयाँ सदस्यता वितरण, स्थानीय तहहरुको दुई वर्षको समीक्षा लगायतका कार्यक्रम रहेका सचिव जोशीले जानकारी दिनुभयो ।

    जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार अभियानका क्रममा हुने कार्यक्रमहरुको सूचना सम्प्रेषणका लागि जिल्ला सदस्य डा. ईश्वरी लौडारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ ।

    जागरण अभियान महङ्गी, भ्रष्टाचार, अलोकतान्त्रिक विधेयक, कम्युनिष्ट सरकारको कुशासन, बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या लगायतका विषयमा केन्द्रित हुने श्रेष्ठले जानकारी दिनुभयो । अभियानको क्रममा जिल्ला स्तरमा स्थानीय तहहरुले गरेको कर वृद्धि देखि विकास निर्माणका क्रममा भएका अनियमितताका विषयमा पनि छलफल हुने सचिव जोशीले जानकारी दिनुभयो ।

    जिल्ला सभापति श्रेष्ठका अनुसार जिल्लामा समापनको दिन विरोध प्रदर्शन सहितको कार्यक्रम हुने छ । नेपाली काँग्रेसले पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गते देखि जेठ २५ गते सम्म देशव्यापी रुपमा सम्पन्न गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.