सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायतमा स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर


  •    न्युजभित्तो/१५ फाल्गुन २०७८, आईतवार ०७:१७ 
  • लण्डन, १५ फागुन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् । ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन् ।

    बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित ृबालबालिको र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नेछिन् । सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन् । उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् । प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि उनले आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन् ।

    धेरै लामो समयको अध्ययन र कठोर तालिम पछि ब्यारिष्टर हुन पाएको र यसक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिइन् । ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरुलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ ।

    कानुनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ । बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ । ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन् । बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन् । जसमध्ये नेपाली मूलका तीनजना प्रा। डा। सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.