सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेहुली लिन हिडेको कार दुर्घटना हुँदा बेहुलासहित नौको मृत्यु


  •    न्युजभित्तो/८ फाल्गुन २०७८, आईतवार १६:०३ 
  • नयाँदिल्ली, ८ फागुन । भारतको राजस्थानमा जन्ती लिएर बेहुलीको घर जाने क्रममा बेहुला चढेको कार नदीमा खस्दा बेहुलासहित ९ जनाको मृत्यु भएको छ । आइतबार बिहान राजस्थानको कोटा जिल्लास्थित चम्बल नदीमा मध्य प्रदेशको उज्जैनतर्फ जन्तीसहित हिँडेको कार खसेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

    दुर्घटनामा परी कारमा सवार बेहुलासहित ९ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । पुल हुँदै चम्बल नदी पार गर्ने क्रममा कार अनियन्त्रित भइ नदीमा खसेको प्रहरीले जनाएको छ । ७ फिटमुनि पानीमा डुबेको कारबाट सुरुमा ७ जनाको शव निकालिएको थियो भने बाँकी २ जनाको शव पछि फेला परेको प्रहरीको भनाइ छ ।

    दुर्घटना भएको खबर पाएलगत्तै बसमा सवार अन्य जन्ती घटनास्थलमा पुगेका थिए । समाचार अनुसार दुर्घटनामा ज्यान गुमाउने बेहुलाको नाम २३ वर्षीय अभिनाश रहेको छ । त्यस्तै, ३० वर्षका केशव, ३५ वर्षका इस्लाम खान, २२ वर्षका कुशल, २३ वर्षका शुभम, २५ वर्षका राहुल, २२ वर्षका रोहित, २४ वर्षका विकास र ३५ वर्षका मुकेश नामक व्यक्तिको मृत्यु भएको कोटो जिल्लाका एसपी केशर सिंह शेखवटले बताए ।

    भारतीय समाचार संस्था आजतकका अनुसार मृतक बेहुला अविनाश जयपुरस्थित सफाईको काम गर्दथे । उनीको फेबसुक मार्फत् प्रेम भएर विवाहमा परिणत भएको थियो । उक्त समाचार संस्थाले मृतक मध्ये अधिकांश बेहुलाको परिवारका रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.