सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोस्रो चरणको जागरण अभियानका लागि काँग्रेस चितवनको तयारी सुरु


  •    /२२ भाद्र २०७६, आईतवार १९:४४ 
  • चितवन । नेपाली काँग्रेस चितवनले दोस्रो चरणको जागरण अभियानका लागि आफ्नो तयारी सुरु गरेको छ । काँग्रेस चितवनको आज बसेको बैठकले यहि भदौ २४ गते १ सय ६ औं वीपी जयन्तीको अवसरबाट हुन लागेको दोस्रो चरणको जागरण अभियानको तयारी अन्तर्गत प्रदेश स्तरीय निर्वाचन क्षेत्रका लागि पार्टीका जिल्ला नेताहरुलाई जिम्मेवारी तोक्ने, प्रचार प्रसार समिति गठन गर्ने र अभियानका क्रममा गरिने कार्यक्रम समेत तय गरेको पार्टीले जनाएको छ ।

    नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार असोज ७ गतेसम्म सञ्चालन हुने सो अभियानका लागि चितवन प्रतिनिधिसभा क्षेत्र नम्वर १ प्रदेश (क)मा जिल्ला सह–सचिव सूर्य अर्याल, (ख)मा जिल्ला सचिव राजिव न्यौपाने, प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेश (क)मा जिल्ला सचिव उत्तम जोशी, (ख)मा प्रवक्ता निता ढकाल, प्रतिनिधिसभा क्षेत्र नम्वर ३ प्रदेश (क)मा जिल्ला कोषाध्यक्ष शङ्कर कँडेल, (ख)मा जिल्ला उपसभापति कैलाश कोईरालालाई जिम्मेवारी तोकिएको छ ।

    अभियानका क्रममा प्रदेश क्षेत्रमा तीन सय युवालाई अहिले सम्मका आन्दोलन र यसबाट प्राप्त उपलव्धि, वीपीको विचार लगायतका विषयमा जानकारी गराउने, नागरिक सम्वाद कार्यक्रम गर्ने, युवा केन्द्रित विशेष सम्वाद, अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्व पीडितहरुसँग घरदैलो, नयाँ सदस्यता वितरण, स्थानीय तहहरुको दुई वर्षको समीक्षा लगायतका कार्यक्रम रहेका जिल्ला सचिव जोशीले जानकारी दिनुभयो ।

    जिल्ला सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जागरण अभियानको प्रचार प्रसारका लागि काँग्रेस जिल्ला सदस्य डा. ईश्वरी लौडारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमितिसमेत गठन गरेको छ । उपसमितिका सदस्यहरुमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सृजना अर्याल, जिल्ला अध्यक्ष अनिल ढकाल, शिक्षक संघका पूर्वा जिल्ला अध्यक्ष ध्रुव पोखरेल र पार्टी कार्यालयका मुख्य सचिव दुर्गा गैरे रहनु भएको छ ।

    जागरण अभियान महङ्गी, भ्रष्टाचार, अलोकतान्त्रिक विधेयक, कम्युनिष्ट सरकारको कुशासन, बढ्दो महिला हिंसा, बलात्कार र हत्या लगायतका विषयमा केन्द्रित हुने जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला स्तरमा स्थानीय तहहरुले गरेको कर वृद्धिदेखि विकास निर्माणका क्रममा भएका अनियमितताका विषयमा पनि छलफल हुने सचिव जोशीले जानकारी दिनुभयो ।

    अभियान भदौ २४ गते जिल्लाका सवै प्रदेशका क्षेत्रहरुमा एकै पटक उद्घाटन हुने छ । एउटा क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ । अभियानको उद्घाटनअघि भोलि सोमबार जिल्लाका पूर्व पार्टी सभापति, पदाधिकारी, साँसद, पूर्व साँसदहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । छलफल भावी कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ । अभियानलाई सफल बनाउनका लागि काँग्रेस चितवनले जिल्लाका सवै नेताहरुलाई आ–आफ्नो क्षेत्रमा सक्रिय रुपमा सहभागी हुनका लागि समेत आहन गरेको छ ।

    जिल्ला सभापति श्रेष्ठका अनुसार जिल्लामा अभियान समापनको दिन विरोध प्रदर्शन सहितको कार्यक्रम हुने छ । नेपाली काँग्रेसले पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गते देखि जेठ २५ गते सम्म देशव्यापी रुपमा सम्पन्न गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.