सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोलि नेकपाको ७०औँ स्थापना दिवस, यस्तो छ तयारी


  •    /८ बैशाख २०७६, आईतवार १३:५८ 
  • काठमाडौँ । भोलि सोमबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुग्दैछ । वि.सं. २००६ बैशाख १० गते (२२अप्रिल) का दिन नेकपाको स्थापना भएको थियो ।

    एक वर्षअघि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थापना दिवस भव्य रुपमा मनाउने र पार्टीको तल्लो तहको एकीकरण प्रक्रिया टुङ्ग्याउने कसरत गरिरहेको छ । पार्टी एकताको घोषणा भएको वर्षदिन भइसक्दा पनि तल्लो तहसम्म एकता प्रक्रिया टुङ्ग्याउन नसकेको भनेर नेतृत्वको आलोचना भइरहेको समयमा जिल्ला तहमा तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरूलाई क्रमशः ६०/४० को अनुपातमा जिम्मेवारी दिने तयारी भइरहेको पार्टी स्रोतले जानकारी दिएको छ ।

    नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच शुक्रबार र शनिबार भएका बैठकहरूमा समायोजनको विषय वैशाख ९ गतेभित्र टुङ्ग्याउने सहमति भएको हो । शीर्ष नेताहरूले आफू निकटका नेताहरूलाई व्यवस्थापन गर्न समायोजनमा ढिलाइ गरेको आरोप लाग्दै आएको छ । सहमति जुटाउने मापदण्डका सन्दर्भमा विभिन्न विकल्पमा चारै नेताले लचिलो बनेर खुला छलफल गरेका बताइएको छ ।

    नेताहरूबीच भएको सैद्धान्तिक सहमतिलाई अन्तिम रुप दिन आइतबार पनि शीर्ष नेताहरू सक्रिय रहेका छन् । शीर्ष नेताहरूबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेमा तत्कालै केन्द्रीय सचिवालय बैठक बसेर निष्कर्षलाई मूर्तरुप दिने छ । बैठकले कम्तीमा पनि पार्टीको पोलिटब्यूरो सदस्य र सबै जिल्ला कमिटीका अध्यक्ष र सचिवको छिनोफानो गर्ने गरी तयारी भइरहेको छ ।

    यसैबीच, नेकपाको ७०औँ स्थापना दिवस कार्यक्रम दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा आयोजना गरिएको नेकपाका नेता युवराज कार्कीले जानकारी दिनुभएको छ । कार्यक्रमलाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.