सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार होमनाथ सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार


  •    /२१ भाद्र २०७६, शनिबार १९:५५ 
  • सौराहा (चितवन) । क्षेत्रीय होटल संघ चितवन सौराहाले पत्रकार होमनाथ सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको १८ औं बार्षिक साधारण सभा तथा आठौंं अधिवेशनका अवसरमा शनिबार सापकोटालाई नगद सहित पुरस्कृत गरिएको हो ।

    पत्रकारिताको माध्यमबाट चितवनको पर्यटन विकासमा योगदान पु¥याएको भन्दै सापकोटालाई पुरस्कृत गरिएको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र संघका अध्यक्ष सुमन घिमिरेले दोसल्ला, सम्मानपत्र र नगद सहित सापकोटालाईए पुरस्कृत गर्नुभएको हो ।

    विगत १७ बर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकार सापकोटा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष तथा चितवन पोष्ट दैनिकका संवाददाता हुनुहुन्छ । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनु भएका सापकोटाले संरक्षण र पर्यापर्यटनका विषयलाई महत्व दिएर कलम चलाउँदै आउनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.