सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा डेंगु संक्रमितको संख्या हजार बढी, बचावटका उपाय अपनाउन चिकित्सकको सुझाव


  •    /२१ भाद्र २०७६, शनिबार १९:२६ 
  •  

    चितवन । डेँगु रोगको संक्रमण चितवनमा तीब्र रुपमा फैलिएको छ । संक्रमितहरुको संख्या विगतको वर्षहरुको तुलनामा सबैभन्दा बढी पुगेको हो । डेंगुको संक्रमण फैलिंदै गएपछि बचावटका उपाय अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
    स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार साउन यता अस्पतालहरुमा उपचार गराउन आएका दुई हजार ८ सय ९२ जनाको रगत परीक्षण गर्दा एक हजार ३६ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

    मुख्य रुपमा भरतपुरको बाक्लो बस्ती भएको र मुख्य शहरी क्षेत्रका वासिन्दामा डेंगुको संक्रमण बढी भेटिएको केसीले जानकारी दिनुभयो । केसीका अनुसार भरतपुर महानगरपालिका क्षेत्रका आठ सय जनाको हाराहारीमा संक्रमित रहेका छन् । महानगरको मुख्य बजार क्षेत्रमा पर्ने वडा नं. १, २, ३, ४, १०, ११ र १२ डेंगुबाट बढी प्रभावित भएका छन् ।

    चितवनमा सन् २००४ मा एक जना विदेशी (जापानिज) नागरिकमा डेंगु देखापरेको तथ्यांक रहेको केसीले जानकारी दिनुभयो । त्यसपछिका कुनै वर्ष न्यून र कुनै वर्ष उच्च दरमा संक्रमण देखिंदै आएको छ । हरेक तीन तीन वर्षमा संक्रमणको दर निकै बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

    कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष आर्थिक २०६७÷०६८ मा ७ सय ३९ जनामा, ०६८÷०६९ मा ६८ जनामा, २०६९÷०७० मा ५२ जनामा, २०७०÷०७१ मा ३ सय ७१ जनामा, २०७१÷०७२ मा १ सय १९ जनामा, ०७२÷०७३ मा ८५ जनामा, २०७३÷०७४ मा ६ सय ८७ जनामा डेंगु फेला परेको थियो । यस्तै ०७४÷०७५ मा ५९ जनामा डेंगु संक्रमण देखिएको थियो । गत आर्थिक वर्षमा १ हजार ९ सय ५१ जनाको डेंगु परीक्षणमा ३१ जनामा मात्रै संक्रमण देखिएको थियो । यो तथ्यांकले हरेक तीन तीन वर्षमा डेंगु संक्रमण उच्च गतिमा फैलिएको देखाएको हो ।

    चालु आर्थिक वर्षको साउन यता दुई जनाको मृत्यु भएको छ । एक जनाको डेंगुको कारण र अर्का एक जनाको डेंगु र स्क्रबटाईफस दुवैको संक्रमणका कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

    डेंगु गराउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ । पाँच एमएल पानी जमे पनि त्यसमा एडिज जातको लामखुट्टले अण्डा पार्ने भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताउनुभयो । एसी, कुलर, पुराना टायर, ट्यांकी जस्ता ठूला भाँडा र दियो, अण्डाको फुटेको बोक्राको सानो कप्टेरो, गमलाको पिँधमा राखेको प्लेट, बोतलको बिर्काेमा थोरै पानी जमेको छ भने पनि यो जातको लामखुट्टेले अण्डा पार्न सक्ने केसीको भनाई छ ।

    त्यसैले घर वरपर कुनै भाडाकुँडामा पानी जमेको छ भने त्यसलाई हटाउन उहाँले सुझाव दिनुभयो ।

    कार्यालयले डेंगुको संक्रमण न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । स्थानीय तह र टोल सुधार समितिहरुसँग मिलेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । जिल्लाका सञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देशहरु प्रसारण गरिरहेको केसीको भनाई छ ।

    यस्तै स्थानीय निकाय र सामाजिक संघ संस्थाहरुले पनि आआफ्नै तरिकाले जनचेतनामूलक ¥याली र लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेका छन् ।

    निजामती दिवसको अवसर पारेर शनिबार बिहान नारायणगढको पोखरा बसपार्कदेखि कमलनगरसम्म डेंगु विरुद्धको सचेतना ‍¥याली निकालिएको छ ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी संख्यामा पाइने गरेको छ । डेंगुको संक्रमणको मुख्य लक्ष्यण ज्वरो आउने रहेको भन्दै उहाँले संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने जस्ता लक्ष्यण देखा पर्ने गरेका छन् ।

    यसैगरी वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस् हुने लक्षण देखा पर्ने गरेको उहाँले जानकारी दिनु भयो । डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.