सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा द्रुत गतिमा फैलिदै डेँगु, सङ्क्रमितको संख्या ८३५ पुगे


  •    /२० भाद्र २०७६, शुक्रबार २१:२७ 
  • चितवन ।  जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार दुई हजार ४२६ जनाको रगतको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । यो सङ्ख्या हाल सम्मकै उच्च हो ।

    कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७÷०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको होे ।

    यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा ११९, ०७२÷०७३ मा ८५, ०६८÷०६९ मा ६८, ०७४÷०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

    आर्थिक वर्ष २०६९÷०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो । हरेक तीन÷तीन वर्षमा सङ्क्रमण बढेको देखिन्छ । केसीका अनुसार यस वर्ष सङ्ख्या अत्यधिक बढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेङ्गुका बिरामीले भरिएका छन् । नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेङ्गुका कारण मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.