सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु


  •    /२० भाद्र २०७६, शुक्रबार १९:१२ 
  • काठमाडौँ । तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन । विमानस्थल कार्यालयले नेपालमै पहिलो पटक आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको हो ।    
        
    बेल्टको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलको सेवा स्तरोन्नतिको नयाँ थालनी भएको र यसलाई क्रमशः विस्तार गर्दै लगिने बताउनुभयो ।    
        
    नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै विमानस्थलको सेवा सुदृढीकरणको कामलाई प्रथमिकताका साथ अघि बढाइने उहाँको भनाइ थियो ।    
        
    मन्त्री भट्टराईले पर्यटकीय पूर्वाधारको रूपमा रहेका विमानस्थलको भौतिक संरचना निर्माण र प्राविधिक सुविधा अभिवृद्धि गरिने उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय मापदण्डको यो सेवा विमानस्थलले आन्तरिकतर्फ पहिलो पटक लागू गरेको हो ।    
        
    विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार कन्भेयर बेल्टमार्फत एक घण्टामा एक हजार २०० ‘ब्यागेज’ ‘क्लियर’ हुन्छ र एक मिटरले ७५० केजी क्षमताको ब्यागेज समेट्छ । कन्भेयर बेल्ट ३९ मिटर लामो छ । यसले यात्रुलाई ब्यागेज लिन सहज छिटो हुनका साथै विमानस्थलको सरसफाइमा पनि सहयोग पुग्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलबाट १० हेलिकप्टरसहित २० वटा वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.