सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यो ढङ्गबाट मुलुक चल्दैन : राप्रपा (संयुक्त)


  •    /२० भाद्र २०७६, शुक्रबार १९:०१ 
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुनै ठोस काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

    पार्टी केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाली जनताको चाहनाअनुरूप मुुलुकको विकास र प्रगतिका लागि सुवर्ण मौका पाएको भए पनि सरकारले त्यसको सदुपयोग गर्न नसकेको बताउनुभयो ।

    “वर्तमान परिस्थितिको सिंहावलोकन गर्दा हामी अत्यन्त दुःखित छौँ”, यो बीचमा सुन र वाइडबडी काण्ड भएको बताउदै उहाँले भन्नुुभयो, “अहिले मुलकमा भ्रष्टाचार व्याप्त छ, सरकारले गुुठी र मिडिया काउन्सिल विधेयकमार्फत धर्म, संस्कृति र प्रेसलाई नियन्त्रण गर्न खोजेको छ, यो ढङ्गबाट मुलुक चल्दैन ।”

    धर्म निरपेक्षको घटनालाई ओमकार परिवारप्रतिको अन्याय र धोकाका रूपमा पार्टीले लिएको जनाउँदै अध्यक्ष जबराले नेपाली जनताले खोजेको नेपालको पहिचान र भ्रष्टाचारविरुद्ध आगामी तिहारपछि हिन्दू संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने सो अवसरमा जानकारी दिनुभयो ।

    मुलुकमा अहिले विकासको कामले चर्चा पाउनुपर्नेमा भ्रष्टाचारका काण्ड चर्चामा रहेको बताउँदै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भन्नुुभयो, “राजनीति पैसा कमाउने उद्योग र व्यापार भएको छ, जनताको सुशासन र विकासको आकाङ्क्षा निराशामा परिणत भएको छ, प्रजातान्त्रिक माध्यमबाट लोकतन्त्रलाई मास्ने काम भएको छ ।”

    जनजीविकाका सवाल कार्यान्वयनमा सरकार पूर्ण असफल भएको बताउँदै उहाँले करार सम्झौताका नाममा प्रशासन संयन्त्र ध्वस्त पार्न खोजिएको हुँदा अब मुलुकको साख जोगाउन आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “प्रजातन्त्र खतरामा छ, प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, विरोध र आवाज उठाउने भनेको प्रजातन्त्र बलियो तुल्याउन नै हो ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.