सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुग्यो : दाहाल


  •    /१९ भाद्र २०७६, बिहीबार २१:५४ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

    आज नेकपाको विदेश मामिला विभागको पद हस्तान्तरण कार्यक्रममा उहाँले पार्टी एकता केही ढिला भए पनि अब बस्ने बैठकले पार्टी एकतालाई सम्पन्न गर्ने बताउनुभयो । सो अवसरमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेकपाका विदेश मामिला प्रमुख माधवकुमार नेपाललाई पद हस्तान्तरण गर्नुभयो ।

    पार्टी एकताका केही बाँकी काम रहेकाले पनि केहीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस गरेको उल्लेख गर्दै उहाँले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिएर जनतामाझ जाने बताउनुभयो ।

    “पार्टी एकता सकाएर पार्टीका नीति, योजना, कार्यक्रम विचार प्रशिक्षण अभियानको रुपमा चलाउने छौँ”, उहाँले भन्नुभयो, “कस्ता कस्ता जटिल र अप्ठारा परिस्थितिलाई चिरेर यहाँसम्म पुर्याएका छौँ । एकताबद्ध भएर अभियानमा गयौँ भने अबको परिस्थिति सामान्य नै हुन्छ । एकपछि अर्को विजय हासिल गर्दै अगाडि बढ्ने छौँ ।” उहाँले कसैको दया नभई थुप्रै चुनौतीलाई पार गरेर अहिलेको कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो ।

    “पार्टी एकता भएपछि जुन तदारुकता र तीव्रताका साथ तीन महीनाभित्र सकेर तुरुन्तै जनताको बीचमा जाने कमिटीको बैठक गर्ने, स्थानीयदेखि प्रादेशिक तह, सङ्घीय सरकारसम्मलाई निर्देशित गर्ने सरकारलाई प्रभावकारी बनाउनुपर्ने, गल्ती भयो भने त्यसलाई खबरदारी गर्नुपर्ने थियो । हामीले त्यसो गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “त्यो थोरै हाम्रो कमीकमजोरीले प्रतिक्रियावादीले अतिरञ्जीत ढङ्गले प्रचार गर्ने र प्रतिक्रियावादीले टाउको उठाउने जमर्को गरेको हामीले देख्ने सुन्ने गरेको छौँ ।”

    उहाँले अहिले कम्युनिष्ट पार्टीको बहुमतलाई कुनै न कुनै रुपमा देख्न नचाहनेहरुले सानोतिनो कमजोरीमात्र भेटियो भने त्यसलाई तिललाई पहाड बनाएर कम्युनिष्टलाई पार्टी र नेतालाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्टको सरकार गठन गरे पनि निकै अवसर र चुनौतीको रहेको भन्दै ती चुनौतीलाई पार गरेर लैजानुपर्ने पर्ने बताउनुभयो । उहाँले जनताका अपेक्षाअनुसार काम गर्न नसके चुनौती आउने बताउनुभयो ।

    “अब जनताको अपेक्षा र राष्ट्रको आवश्यकताअनुसार हामीले सेवा प्रवाह गर्न सकेनौँ, परिणाम दिन सकेनौँ, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्न र जनभावनाअनुसार विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकेनौँ । कम्युनिष्ट पार्टीको नेतृत्व हुनुको नाताले सामाजिक न्याय र समाजवाद चरित्रतिर जाँदैछौँ भन्ने विश्वास जनतालाई दिन सकेनौँ भने यो आफैँमा एउटा ठूलो चुनौती बनेर आउने स्थिति छ”, उहाँले भन्नुभयो ।

    जनताका वर्ग सङ्घर्ष, विभिन्न सामाजिक न्यायको मुद्दाको सङ्घर्षमा लागेर तानाशाही, निरङ्कुशतन्त्र, समान्तवादको लडाइँमा हामीले विजय हासिल नगरेको भए अहिलेको परिस्थिति नबन्ने उहाँले बताउनुभयो । उहाँले निकै लामो बहस त्याग बलिदान, आन्दोलन र सङ्घर्षको बीचबाट खारिएका नेताको कारणले अहिले मुलुकमा कम्युनिष्ट आन्दोलन सफल भएकोसमेत बताउनुभयो ।

    कार्यक्रममा विदेश विभागका प्रमुख नेपालले विभागले पार्टी र देशको अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ गरी राष्ट्रिय हितमा काम गर्ने बताउनुभयो । उहाँले स्वाभिमान जोगाउँदै छिमेकीसँगको सम्बन्ध राम्रो बनाई कसरी अघि बढ्दा नेपाल र नेपाली जनताको हितमा काम गर्न सकिन्छ भन्ने आफूहरु लाग्ने बताउनुभयो ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट स्वदेश फर्केपछि पार्टीका एकताका बाँकी काम टुङ्ग्याउने बताउनुभयो । उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनताको रक्षा गर्नका लागि कूटनीतिक पहल पहिलो भएको भन्दै राष्ट्रिय रक्षा गर्न पार्टीलाई विदेश नीतिमा पृष्ठपोषणको काम विभागले गर्ने बताउनुभयो । सोही अवसरमा विभागका उपप्रमुख राम कार्की र विष्णु रिजालले पार्टीको नीति, योजनालाई अन्तरराष्ट्रियस्तरमा पुर्याई सम्बन्धलाई राम्रो बनाउने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.