सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपा (संयुक्त) : लोककल्याणकारी अर्थतन्त्रमा जोड


  •    /१९ भाद्र २०७६, बिहीबार २१:१६ 
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा जोड दिइएको छ ।

    राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपछि पहिलोपटक बसेको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा व्यक्तिगत सम्पत्तिको सुरक्षासहित उदारवादी आर्थिक नीतिका बारे उल्लेख गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘सनातन धर्म सभ्यता, पहिचान तथा संरक्षण यात्रा’ विषय समेटिएको उक्त कार्यपत्रमा मुलुकमा सनातन हिन्दू राष्ट्र कायम गराउन आगामी कात्तिकमा जनकपुरदेखि लुम्बिनीसम्म यात्रा गरी हिन्दू जागरणसम्बन्धी कार्यक्रम गरिने उल्लेख छ । देशमा शान्ति, एकता तथा विकास र समृद्धिका लागि सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाको परिकल्पना कार्यपत्रमा गरिएको छ ।

    नेता ध्रुवबहादुर प्रधानले सचिवालयसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीले अहिलेसम्म गरेका राजनीतिक गतिविधिका साथै सङ्गठन सुदृढीकरणका प्रयासबारे जानकारी गराउनुभयो । विभिन्न भूगोल तथा क्षेत्रबाट सहभागी भएका नेताले राजनीतिक प्रतिवेदनमा छलफलपछि पार्टीको वैचारिक दृष्टिकोणलाई कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.