सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा प्रचार विभागको जिम्मेवारी हस्तान्तरण


  •    /१८ भाद्र २०७६, बुधबार २२:०९ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ ।

    पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा तत्कालीन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

    सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्रबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीको योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको भन्दै नयाँ जिम्मेवारी सफलतासाथ बहन गर्न शुभकामनासमेत दिनुभएको उपप्रमुख थापाले जानकारी दिनुभयो ।

    यसअघि स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको थियो । एमाले प्रचार विभाग प्रमुख भट्टराई र माओवादी केन्द्रका प्रचार प्रमुख भुसालले आफूहरुले प्रचार विभागमा रहँदा गरेका कामका बारेमा अनुभव सुनाउँदै नवगठित प्रचार विभागले पार्टीका गतिविधिलाई तीव्र बनाउनुपर्ने बताउनुभयो ।

    प्रचार विभाग प्रमुख श्रेष्ठले विभागले पार्टीको योजनाबद्ध र सुव्यवस्थितरूपमा काम गर्ने बताउनुभयो । उपप्रमुख थापाले पार्टी नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै चाँडै नै विभागलाई पूर्णता दिइने जानकारी दिनुभयो । विभाग ३५ सदस्यीय रहने छ ।

    कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, प्रदीप नेपाल, अग्नि सापकोटा, रघुजी पन्त, प्रेस सङ्गठन नेपालका इञ्चार्ज राजेन्द्र गौतम, सहइञ्चार्ज तथा संयोजक महेश्वर दाहाल र ओम शर्मा तथा सहसंयोजक गणेश बस्नेतलगायतले आ–आफ्ना सुझाव र शुभकामना दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.