सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपा (संयुक्त)को केन्द्रीय कार्यसमिति बैठक बिहीबार


  •    /१८ भाद्र २०७६, बुधबार २०:०५ 
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।    

    पार्टीले हिन्दू राष्ट्र कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गर्ने विषयमा सबै प्रदेशका नेतासँग सुझाव लिने उक्त बैठकमा अध्यक्षद्वय राणा र डा लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल गरी महङ्गी, भ्रष्टाचार नियन्त्रणलगायत विषयमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा सञ्चालन गर्ने राजनीतिक गतिविधिकाबारे बैठकले निर्णय लिनेछ । पार्टीले हिन्दू राष्ट्रको महत्वकाबारे जनताको घरदैलोमा पुगेर बुझाउनका लागि आगामी कात्तिकमा जनकपुरदेखि रथयात्रा गर्ने कार्यक्रम छ ।    

    यसैबीच कमल थापा नेतृत्वको राप्रपाले तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही भदौ २३ गतेदेखि २५ गतेसम्म सिन्धुलीबाट शुरु गरी काभ्रेपलाञ्चोकमा समापन गर्ने भनेकामा वर्षाका कारण स्थगित गरेको नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रको राजमार्गमा अवरोध देखिएको र साना–ठूला यातायातका साधन सहज ढङ्गबाट आवागमन गर्न असहज भएको हुँदा उक्त यात्रा हाललाई स्थगित गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.