सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छिटोभन्दा छिटो ‘एक्सन’ द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ : अध्यक्ष प्रचण्ड


  •    /१८ भाद्र २०७६, बुधबार १८:४२ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ ।

    भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरु विकासको नयांँ युगतिर जानुपर्छ ।” अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उहांँको भनाइ थियो ।

    देशमै रोजगारी सिर्जना गरी विकासलाई नयांँ युगतिर लैजान जोड दिँदै अध्यक्ष दाहालले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासंँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गर्नुभयो ।

    नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्रबिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उहाँले यहांँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरुसंँग छलफल गरिने अध्यक्ष दाहालले बताउनुभयो ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ विमामस्थलमा चाप बढ्दै गएकाले आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने र यसका लागि अध्ययन गर्न एक हप्ताभित्र समिति गठन गरी काम अघि बढाइने बताउनुभयो । उहांँले अब यस खालका छलफल र बैठक नगरी कामअघि बढाइने छ भन्नुभयो । मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रिकालीन उडान गर्ने जानकारी दिँदै मन्त्री भटृराईले उक्त विमानस्थल जोखिमपूर्ण बन्दै गएकामा भने उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताउनुभयो ।

    प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले आवश्यक ठानेमा संँगै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न सकिने जानकारी दिनुभयो । आफ्नो प्रदेशका सबै जिल्लामा साना विमानस्थल जरुरी रहे पनि भरतपुर विमानस्थललाई विस्तार गरिनुपर्ने, प्रदेशको राजधानी हेटौँडा नै सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको र यसका लागि पनि भरतपुर विमानस्थल विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली सेनाका प्रदेश नम्बर ३ का पृतनापति ताराध्वज पाण्डेले सेना विकासको बाधक नभएको भन्दै प्राविधिक समिति बनाएर आवश्यक गृहकार्य गर्न सकिने बताउनुभयो ।

    अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेशसभा सदस्यहरु विजय सुवेदी, कृष्ण भूर्तेल, राजनीतिक दलका जिल्लाका प्रमुख एवं स्थानीय उद्योगी, व्यवसायी र सरोकारवाला निकायका पदाधिकारीले विमानस्थल विस्तारका लागि सुझाव दिनुभएको थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जिल्लामा एकै खालका दुई विमानस्थल आवश्यक नहुने भन्दै भरतपुर विमानस्थललाई काठमाडौँको वैकल्पिक विमानस्थलको रुपमा विकास गरिनुपर्ने बताउनुभयो । उक्त विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई स्थानान्तरण गर्न आवश्यक जग्गा उपलब्ध गराउन सकिने उहाँको भनाइ थियो ।

    नागरिक उड्डयन प्राधिकरणका एरोड्रम इञ्जिनीयरिङ विभागका निर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले भरतपुर विमानस्थलको प्राविधिक पक्ष र उक्त विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थलको समग्र अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

    भरतपुर विमानस्थलमा धावनमार्ग छोटो हुंँदा जहाज उडान र अवतरणमा कठिनाइ हुँदै आएको छ । नजिकै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गरेर ७२ सिटे जहाज अवतरण गर्न सक्ने बनाउनका लागि पहल थालिएको हो । उक्त विमानस्थलबाट दैनिक ११ वटा जहाज काठमाडौँ र पोखरा उडान हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.