सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने जिल्ला अदालत चितवनको आदेश बदरको माग गर्दै उच्च अदालत पुगे


  •    /१७ भाद्र २०७६, मंगलवार १७:१६ 
  • काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत गएका छन् । आफूहरुलाई धरौटी तिराउने जिल्ला अदालत चितवनको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गर्दै लामिछाने र कँडेलले आज पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका हेटौंडा इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिनुभएको छ ।

    पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र कँडेललाई जिल्ला अदालत चितवनले क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । अर्यालका अनुसार निवेदनमा लामिछाने र कँडेलले आफूहरुले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ।

    जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छोडेको थियो । सरकारी वकिलको कार्यालयले लामिछानेसहित तीनै जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो।

    चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पुडासैनीले आत्महत्याअघि आफ्नो मोवाइलमा रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीको कारण आफू मर्नुपरेको बताएका थिए। पछिल्लो समय माउण्टेन टेलिभिजनमा कार्यरत पुडासैनीले त्यसअघि न्युज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममा रिपोर्टिङ गर्दथे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.