सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भतभती पोल्छ’ सामाजिक सन्देश बोकेको म्युजिक भिडियो सार्वजनिक


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार १२:३४ 
  • काठमाडौँ, ५ माघ । सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।

    यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको गीतमा शब्द छ ।

    दीप घतानीले सङ्गीतवद्ध गरेको गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन् । भिडियोमा पल शाह र प्रियाना आचार्यको जीवन्त अभिनय हेर्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

    तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’मार्फत् सार्वजनिक गरिएको हो ।

    कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पूरा गरिरहेका हुन्छन् भन्ने सन्देशका साथ म्युजिक भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले जानकारी दिए ।

    यस्तो छ भिडियो हेनुहोस्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.