सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काभ्रेपलाञ्चोकमा ९ फिट अग्लो गणेश मूर्ति अनावरण


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार १२:१४ 
  • बनेपा,५ माघ  । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

    निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार बस्नेतले गोरखनाथ मन्दिर डाँडामा रहेको खाली भिरालो जग्गामा करिब रु ७१ लाख रकम सङ्कलन भएकामा करिब रु ६२ लाख बराबरको लागतमा गणेश मूर्तिलगायत वरिपरि बाटिकासमेत निर्माण गरेको बताए । बाँकी रहेको रकम संरक्षण कोषमा राखिएको समितिले जनाएको छ ।

    वरिपरि वन जङ्गलले घेरएको बीचको अग्लो ठाउँमा रहेको डाँडामा रहेको मन्दर नजिकै गणेशको मूर्ति स्थापना गरिएको छ । गोरखनाथडाँडामा रहेको सो मन्दिरसँगै मन्दिरको ठीक अगाडि निर्माण गरिएको गशेणको मूर्ति र बाटिकाले त्यहाँको धार्मिक पर्यटनका लागि अर्को आकर्षण केन्द्र बनेको छ ।

    गणेशको मूर्ति स्थापनासँगै निर्माण गरिएको बाटिकाले त्यहाँ पुग्ने धार्मिक पर्यटन एवं भक्तजनलाई थप आकर्षक तुल्याएको स्थानीय बासिन्दा बताउँछन् । बाटिकामा यसअघि वृक्षरोपण गरिएको छ ।

    माघ महिनाभर लाग्ने बाह्रवर्षे मकर मेलाको अवसर पारेर सो क्षेत्रमा थप अर्को धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्यले निर्माण गरेको गणेश मन्दिर र बाटिकाले दर्शनार्थीलाई थप आनन्द प्रदान गर्नेमा गणेश मन्दिर निर्माण उपभोक्ता समिति आशावादी रहेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए । मन्दिर परिसरमा निर्माण गरेको बाटिकाका कारण धार्मिक आकर्षणको नयाँ केन्द्र बनाउन मद्दत मिलेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.