सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्कुटीलाई ठक्कर दिएर भागेको बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  •    /१६ भाद्र २०७६, सोमबार २३:२३ 
  • चितवन । भरतपुरमा स्कुटीलाई ठक्कर दिई भागेको बोलेरो जीपको ठक्करबाट सोमबार बेलुकी एक मोटरसाईकल चालकको मृत्यु भएको छ । ना ३ च ९११९ नम्वरको बोलेरो जीपको ठक्करबाट ना ४५ प ३४७ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा भरतपुर–१७, गाजिपुरका ४५ वर्षीय पाल्सिङ तामाङको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाका अनुसार भरतपुर–१९, सौगात चोकमा बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकोमा उपचारको क्रममा उनको बेलुकी ७ बजेर ४० मिनेटमा मृत्यु भएको थियो ।

    प्रवक्ता कोइरालाका अनुसार रामपुरतर्फ जाँदै गरेको उक्त जीपले भरतपुर–१०, त्रिचोकमा विपरित दिशाबाट आइरहेको ना ५५ प ९३३७ नम्वरको स्कुटीलाई बेलुकी ७ बजे ठक्कर दिएर भागेको थियो । बोलेरो जीपको ठक्करबाट भरतपुर–१० कि १८ वर्षीया बिपिसा न्यौपाने घाइते भएकी छिन् । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ । सबै सवारी साधन र बलेरो चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, भरतपुर–२६, नमस्ते चोकमा सोमबार बेलुकी साढे ६ बजे मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते ६७ वर्षीय मुक्तिनाथ अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    चनौलीबाट ज्योतीनगरतर्फ जाँदै गरेको ना ३५ प ६२०४ नम्वरको मोटरसाइकलले अधिकारीलाई ठक्कर दिएको थियो । मोटरसाइकल आफ्नो नियन्त्रणमा रहेको र फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

    त्यस्तै, सोमबार बेलुकी साढे ९ बजे बाईपास रोडबाट हाइवेतर्फ जाँदै गरेको ना २ ह १२४८ नम्वरको अटो भरतपुर–१०, सप्तगण्डकी चोकमा आफै अनियन्त्रित भई पल्टिदा अटो चालकसहित दुई जना घाइते भएका छन् । दुर्घटनामा अटोका यात्रु अन्दाजी ३५ वर्षिय भरत बि.क.को अवस्था गम्भीर रहेको र अटो चालक राप्ती नगरपालिका–५ का ३० वर्षिय हिराबहादुर बि.क. को अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । दुवै घाइतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.