सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ मा संविधान दिवस भव्यरूपमा मनाइने


  •    /१६ भाद्र २०७६, सोमबार २२:२९ 
  • हेटौँडा । पाँचौँ संविधान दिवसलाई प्रदेश ३ सरकारले भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुको समेत उपस्थितिमा आज बसेको बैठकले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    बैठकले संविधान दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा संविधान दिवस मूल समारोह समितिसमेत गठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् ।

    बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ भने सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा रचनात्मक क्रियाकलाप व्यवस्थापन उपसमिति गठन गरेको छ । त्यस्तै प्रदेशका मुख्य न्यायाधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको प्रेस संयोजक दाहालले जानकारी दिनुभयो ।

    दिवसका अवसरमा सरसफाइ, परिसंवाद, खेलकूद लगायतका कार्यक्रम गरिने जनाइएको छ । त्यस्तै दीपावली, बढाइँ कार्यक्रम, विभिन्न धार्मिकस्थलमा दीप प्रज्वलन, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान तथा ऐतिहासिक स्मारक मकवानपुरगढीमा नेपालको विशाल झण्डाको झण्डोत्तोलन गरिने तथा मुख्यदिन बृहत् सभा गरिने निर्णय भएको जनाइएको छ ।

    बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस प्रभावकारी बनाउने बताउनुभयो । उहाँले विभिन्न उपसमितिहरुलाई जिम्मेवारी बाँडफाट गरेअनुसार काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । संविधान दिवस भनेको इतिहास भएकोले यसलाई भव्यरूपमा मनाउने उहाँको भनाइ थियो ।

    बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाँल, मुख्य न्यायाधिवक्ता थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.